Video

भाइरल जन्तरे मामा र एलिना चौहानको नयाँ गीत सार्वजनिक(भिडियो सहित )

काठमाडौं ०६ असोज / केही समय अगाडिदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेका जन्तरे मामा अमित राईको नयाँ गीत सार्वजनिक भएको छ । स्वर सम्राट स्व. नारायण गोपाल जस्तै गीत गाएर उनी भाइरल बनेका थिए ।जन्तरे मामा भनेर चिनिने अमित कुमार राई र गायिका एलिना चौहानको कोपिला जस्तो जोवन बोलको गित मंगलबार बेलुका सार्वजनिक भएको छ ।

पूर्वका चर्चित युटुबर एवम् पत्रकार किशोर श्रेष्ठको युवा मन नेपाल नामक युटुब च्यानलबाट सो गित सार्वजनिक गरिएको हो । गीतमा कृष्ण उदासीको शब्द रहेको छ भने बादल लिम्बुले संगित दिएका हुन् ।सो गीतमा जन्तरे मामासँगै छबि श्रेष्ठ, एलिसा पोख्रेल र जमुना राईको मुख्य अभिनय रहेको छ । गीतको छाँयाकन इलाम र बिर्तामोडस्थित होटल हेभन्लीमा गरिएको छ । गीतको निर्मातामा भवन् आचार्य रहेका छन् भने निर्देशन विवेक हिङमाङले गरेका छन् ।

Related Articles

Back to top button
Close