News

सुनको मुल्य आज ह्वात्तै घटेपछि पछिल्लो १ महिनाकै सस्तो भयो आज

काठमाडौं । बुधबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबार तोलामा १७ सय रुपैयाँले घटेको सुनको मूल्य आज १२ सय रुपैयाले घटेको हो ।

मंगलबार प्रतितोला ९५ हजार ५ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा १२ सय रुपैयाले घटेर तोलाको ९४ हजार ३ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि घटेर प्रतितोला ९३ हजार ८ सय रुपैयामा कारोबार भइरहेको जनाइएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि ९० रुपैयाँले घढेर प्रतितोला १ हजार १ सय ९० रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ

Related Articles

Back to top button
Close