News

‘वीर अस्पतालमा नि धन भएका संक्रमितको आँखा नि कालिएको होइन’, कारागारले गर्‍यो सार्वजनिक सिसिटिभी फुटेज् (भिडियो हेर्नुस्)

काठमाडौ । रुपन्देहीका रामलखन जैसवालको निधनलाई अस्वभाविक भन्दै परिवारका सदस्यले अस्वभाविक भन्दै विरोध गरेपछि केन्द्रीय कारागार कार्यालय र वीर अस्पतालले पत्रकार सम्मेलन गरी त्यसबारेमा धारणा सार्वजनिक गरेका छन् । जैसवालको परिवारका सदस्यले उनको कोरोनाका कारण निधन नभई घटना रहस्यम भएको दावी गरेका थिए ।

कारागार र अस्पतालले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै असोज ३ गते राति १०ः५५ बजे उपचारको क्रममा ६३ वर्षीय जैसवालको निधन सामान्य ढंगबाटै भएको जिकिर गरेको हो । वीर अस्पतालमा उपचारका लागि लगेका ६३ वर्षीय कैदीको निधन बारे पत्रकार सम्मेलन गर्दै केन्द्रीय कारागारले सिसीटिभी फूटेज समेत सार्वजनिक गरेको छ। घटना रहस्मयी भन्दै परिवारका सदस्यले पोष्टमार्टम गर्न माग राखेपछि कारागारले यस अघि नै आवश्यक परे सिसिटिभी फुटेज सार्वजनिक गर्ने जनाएको थियो ।

पार्किडसन र उच्च रक्तचापबाट ग्रसित जैसवाललाई अचानक असोज ३ गते राति ९ः४५ बजे श्वास प्रश्वासमा समस्या आएपछि बन्दीगृहभित्रबाट केन्द्रीय कारागार अस्पतालमा पठाइएको थियो । तर त्यहाँ उपचार सम्भव नहुने देखिएपछि उनलाई वीर अस्पताल रेफर गरिएको वताइएको छ । थप उपचारका लागि उनलाई वीर अस्पताल पुर्‍याइए पनि उनी जीवितै रहेको कुनै संकेत नदेखिएपछि चिकित्सकहरुले उनलाई मृ त घोषणा गरेको विज्ञप्तिमा उल्लेख छ ।

उपचाको क्रममा उनको निधन भएपछि पोष्टमार्टमका लागि उनको कोरोना परीक्षण गर्दा असोज ५ गते रिपोर्ट पोजेटिभ आएको विज्ञप्तिमा उल्लेख छ । विगत तीन दिनदेखि मृतकको शव शवगृहमा रहेका कारण शव सड्ने प्रक्रिया सुरु भइसकेका कारण शवमा फोकाहरु देखिनु, सुन्निनु मुख र नाकबाट तरल पदार्थ निस्कनु सामान्य प्रक्रिया भएको अस्पतालका निर्देशक डा। केदारप्रसाद सेन्चुरीले बताएका छन् । शवलाई रेफ्रिजेरेटरमा नराख्दा शवमा त्यसखालका संकेतहरु देखिनु सामान्य प्रक्रिया भएको डा। सेन्चुरीले बताए ।

मेडिकल अवस्थालाई नबुझी सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा कारागारभित्र वा अस्पतालमा उनको ज्यान लिइएको, आँखा निकालिएको, चोटपटक लागेको, घाँटीमा चोट देखिएको जस्ता समाचार आएको प्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।याहाँ बाट हेर्नुहोस भिडियो

Related Articles

Back to top button
Close