एकै परिवारका ५ जनाको मृ त्यु : दोषी प्रकाउ परेनन्, क्षतिपूर्ति पनि पाएनन्
सुनसरी कोशी गाउँपालिका ७ हरिपुर चोकमा गत मंसिर शनिबार राति १२ः२० बजेको समयमा ट्रक र एम्बुलेन्स एक आपसमा ठ’क्कर खाँदा उदयपुर त्रियुगा नगरपालिका १० का एकै परिवारका ५ जना र चालकको घटना स्थलमै मृ’त्यु भएको थियो ।
विराटनगरबाट उदयपुरको गाईघाटतर्फ आउँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई विपरित दिशाबाट गईरहेको ना २ ख ९०८२ नम्बरको ट्रकले ठक्कर दिँदा एम्बुलेन्सका चालक सहित ६ जनाको घटनास्थलमै मृ त्यु भएको थियो ।
मृत्यु हुनेहरुमा त्रियुगा नगरपालिका १० बस्ने ८५ वर्षीय शिवमाया राई, छोरा ५० वर्षीय तुलबहादुर राई, भतिज ३२ वर्षीय दिनेश राई, ज्वाई ६१ वर्षीय उद्धव राई, नातिहरु ३१ वर्षीय दुर्गाधन र २८ वर्षीय टेकेन्द्र राईको घटना स्थलमै मृ’त्यु भएको थियो । यस्तै त्रियुगा नगरपालिका ८ का एम्बुलेन्स चालक राजेश दनुवारको पनि मृ’त्यु भएको थियो । याे घटनाले धेरै मान्छेलाइ रुवाएकाे छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **
‘छोरा छोरीलाई पढाउन लेखाउन समस्या छ, ट्रक व्यवसायीबाट पाउनु पर्ने क्षतिपूर्ति पनि पाइएको छैन्, कसरी पेट पाल्नु ’
दुर्घटनामा मृत्यु भएका परिवारको अवस्था अहिले दयनीय छ । घटना भएको १० महिनासम्म पनि क्षतिपूर्ति नपाएको बिना राईले बताइन् । अटो रिक्सा चलाएर परिवार पाल्दै आएका दिनेशको मृत्यु भएपछि छोरा छोरीको लालन पालन २९ वर्षीया श्रीमति विना राईको काधमा आई परेको छ । छोरा इमाहाङ १ वर्ष, ठूली छोरी पुजा ११ वर्ष, कान्छी छोरी एन्जल ४ वर्षकी छिन् ।
सम्पतिको नाममा घर भएको जग्गा मात्रै रहेको छ। श्रीमानको मृत्युपछि विनालाई परिवार चलाउन एकदमै मुस्किल परिरहेकी छ । ‘छोरा छोरीलाई पढाउन लेखाउन समस्या छ, ट्रक व्यवसायीबाट पाउनु पर्ने क्षतिपूर्ति पनि पाइएको छैन् । कसरी पेट पाल्नु ।’ भावुक हुँदै विनाले भनिन्, ‘आज खायो भोली कहाँबाट लिएर खाउँ भन्दै दिन वित्ने गरेको छ, जग्गा जमिनको नाममा घरले ओगटेको बाहेक अरु केही छैनन् ।’
‘ट्रक व्यवसायीबाट क्षतिपूर्ति दिलाउन जिल्ला प्रहरी कार्यालय सुनसरी पाँच पटक गएँ तर, प्रहरीले हाम्रो कुरा नै सुनिदिएन’
परिवार पाल्नका लागि श्रीमानले अटो किस्तामा लिएका थिए । श्रीमानको मृत्युपछि भएको अटो पनि फाइनान्सले किस्ता नतिरेको भन्दै तानेर लगेको उनले बताइन् । विनाले भनिन, ‘ट्रक व्यवसायीबाट क्षतिपूर्ति दिलाउन जिल्ला प्रहरी कार्यालय सुनसरी पाँच पटक गएँ तर, प्रहरीले हाम्रो कुरा नै सुनिदिएन ।’
मृतक उद्दव राईको श्रीमती आशा राई त्यो बेलाको घटना संझदा पनि आफू पागल जस्तो हुने गरेको बताउछिन् । ‘गरीब भएपछि न्याय पाउन पनि गाह्राे हुँदो रहेछ,’ उनले भनिन’ ‘कसैको जीवनमा पनि यस्तो घटना नहोस।’
‘छाेरी गर्भमा हुँदै उहाँ वितिहाल्नुभयाे, अहिले छाेरी ३ महिनाकी भइन् । छोरा छोरीलाई भविष्यमा डाक्टर/नर्स बनाउने उहाँकाे सपना पनि तुहिएर गयो’
२४ वर्षीया लिला राई र टेकेन्द्रबीच विवाह भएको ६ महिना नवित्दै टेकेन्द्र दुर्घटनामा ज्यान गुमाए । मृतककी श्रीमति लिलाले भनिन्, ‘छाेरी गर्भमा हुँदै उहाँ वितिहाल्नुभयाे, अहिले छाेरी ३ महिनाकी भइन् । छोरा छोरीलाई भविष्यमा डाक्टर/नर्स बनाउने उहाँकाे सपना पनि तुहिएर गयो ।’
‘बिराटनगरबाट आउँदै छु भनेर फोन गर्नुभएको थियो तर उहाँ कहिल्यै नफर्किने गरी छोडेर जानुभयो । सुख के हो ? खुसी के हो ? सबै हरायाे ।’ लीलाले आँखा भरी आँसू पार्दै भनिन ‘छोरी कति अभागी रहेछिन् आफ्नो बाबालाई बाबा भनेर बोलाउन पाइनन्। छोरीले बावाको माया पनि पाइन । मैले श्रीमानको साथ पाइनँ । श्रीमान श्रीमतिबीचकाे माया ६ महिना नपुग्दै दैवले टुटाइदियो ।
लिला मात्र होइन उनकै जेठानी दुर्गाधनकी श्रीमति २४ वर्षिय सृजना राई पनि बैवाहिक बन्धनमा बाँधिएको ४ वर्ष नपुग्दै वियोगान्तमा परिणत भयो । अहिले उनी ४ वर्षीय छोरीसँग बस्छन् । उनीहरुको पेशा कृषी छ । सासुरा हजुरबुवा अर्थमान राई हिडडुल गर्न सक्दैनन् भने काका सासु ससुरा आपाङ्ग छन् ।
आफ्ना श्रीमान, देवर, सासुरा, हजुरआमा सासु दुर्घ’टनामा गुमाइन् । घरमा काम गर्ने पुरुष कोही छैन् । घरमुलीकै मृ’त्यु भएपछि अहिले परिवार छिन्नभिन्न अवस्थामा पुगेका छन् । ‘कहाँ कसरी व्यवहार गर्ने भन्नेमा हामीलाई केही थाह छैन्’ सृजनाले भनिन् ।
‘मेरो सबै परिवार बिते, यो उमेरमा आफ्ना सबैलाई गुमाए पछिको पीडा कस्तो होला ?’
यस्तै श्रीमति, एक छोरा, दुई नाति, ज्वाई र भतिज गुमाएको पीडाले ८६ वर्षीय अर्थमान राई राति बरबराउने, निन्द्रामै रुने हास्ने, कहिलेकाही मध्य राति नै उठेर गाउँ तिर बेहोसीमा जाने गरेका छन् । ‘मेरो सबै परिवार बिते, यो उमेरमा आफ्ना सबैलाई गुमाए पछिको पीडा कस्तो होला ?’ अर्थमानले बोल्न सकीनसकी भने।
राई परिवारका आफन्त नवीन राई दोषीलाई कारबाही गराउन र क्षतिपूर्ति दिलाउन सुनसरी जिल्ला प्रहरी कहाँ दश पटकभन्दा बढी गए तर प्रहरीले चासो नदेखाएको उनको गुनासो छ । अदालतबाट एम्बुलेंस मालिक र ट्रक मालिकलाई प्रकाउ गर्न प्रका’उ पुर्जी जारी भएपनि प्रहरीले घटना घटेको १० महीनासम्म प’क्राउ गर्न सकेको छैन । पीडितले क्षेतिपूर्ति पनि पाएका छन। यस्तो ग’म्भीर विषयमा प्रहरीले चासो नदिँदा पीडितहरु झन पीडामा परेका छन् ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **