News
आज पनि फेरी ह्वातै घट्यो मुल्य, तोलाको कति ?
काठमाडौं । आज पनि छापावाल सुन प्रति ताेलामा १२०० रुपैयाँ घटेको छ । हिंजाे ९४ हजार ३ सय रुपैयाँ रहेकाे छापावाला सुनको भाउ आज प्रतिताेला तोलामा १२ सय रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँ पुगेको छ ।
तेजावी सुन पनि घटेर आज प्रति तोला ९२ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ पनि घटेर तोलाकाे ११ सय २० रुपैयाँ निर्धारण गरिएकाे छ । हिंजाेर चाँदी तोलाकाे ११ सय ९० रुपैयाँ ताेकिएको थियो ।