News

चर्चित टिभी अभिनेत्री श्वेता तिवारीलाई पनि लाग्यो कोरोना

एजेन्सी -हिन्दी टिभी सिरियलकी चर्चित अभिनेत्री श्वेता तिवारी कोरोना संक्रमित भएकी छिन् । उनी कोरोना पोजेटिभ भएपछि ‘मेरे ड्याडकी दुल्हन’ शो को सुटिङ रोकिएको छ । श्वेता आफैंले प्रोडक्सनलाई आफू संक्रमित भएको जानकारी दिएको बताइएको छ । सेटसँग जोडिएको एक स्रोतले पनि श्वेता संक्रमित भएको जााकारी दिएको बताइएको छ ।

उनले नै २१ सेप्टेम्बरमा प्रोडक्सन हाउसलाई यसबारे सूचना दिएका थिए । शोको सुटिङ गत हप्ता नै रोकिएको थियो जब अभिनेता वरुण बडोलाकी श्रीमती राजेश्वरी सचदेव कोरोना संक्रमित पाइएकी थिइन् ।

श्वेता तिवारीका श्रीमान् अभिनव कोहलीले पनि श्वेतामा कोरोना देखिएपछि होमआइसोलेसनमा बसेको बताएका छन् । श्वेताले आफुलाई कोरोना लागेपछि सम्पर्कमा आएका मानिसहरुलाई पनि सावधानी अपनाउन सल्लाह दिएकी छन् ।

Related Articles

Back to top button
Close