International

सुशान्त घटनाको ड्र ग्स कनेक्सनमा आफ्नो नाम मुछिएपछि सलमानले पहिलो पटक मुख खोले

काठमाडौ । सुशान्त सिंह राजपुतको निधनको घटना पछि सबैभन्दा प्र हार सकेका बलिउड कलाकार सलमान खानले पहिलो पटक मुख खोलेका छन् । सुशान्त घटनालाई अहिले प्रहरीले ड्र ग्स कनेक्सनवाट अनुसन्धान गरिरहेको छ । सलमानलाई पनि सोही विषयमा संलग्न भएको भन्दै समाचार वाहिर आएपछि उनले पहिलो पटक मुख खोलेका हुन् ।

ड्र ग्स को विषयमा अनुसन्धान गर्ने प्रहरी युनिटले सुशान्तको प्रेमिका भनिएकी रिया चक्रवर्तीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेपछि थुप्रै अन्य कलाकारको नाम पनि मुछिएको छ । त्यसमा सलमान खानको नाम पनि जोडिएको हो । अब यसमा दबंग स्टार सलमान खानको संलग्नताको चर्चा सुरु गरिएको छ। भारतीय मिडियाले सलमान पनि अप्रत्यक्ष रुपमा मुछिन सक्ने उल्लेख गरिरहेका छन्।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

सुशान्तकी पूर्व म्यानेजर जया साहासँगको सोधपुछमा ट्यालेन्ट म्यानेजमेन्ट एजेन्सी क्वानको नाम पनि जोडिएको छ। क्वानकी कर्मचारी करिश्माले दीपिका पादुकोणलाई औषधी सप्लाई गरेको च्याटमा देखिएको छ।

क्वान कम्पनीका सीईओ ध्रुवलाई एनसीबीले सोधपुछका लागि नोटिस पठाइसकेको छ। अब अभिनेत्रीलाई पनि सोधपुछका लागि बोलाउने भएको छ । यसैबीच क्वानमा सलमान खानको पनि शेयर रहेको भन्‍ने खबरहरु बाहिर आए। अर्थात सलमानको अप्रत्यक्ष संलग्नता हुनसक्ने खबरहरु फैलिए।

मिडियामा संलग्नताको खबर आएपछि सलमान खानको कानुनी समूहले विज्ञप्ति जारी गरेको छ। डीएसके लिगलका व्यवस्थापकीय साझेदार आनन्द देसाईले विज्ञप्ति जारी गरेर क्वानमा सलमानको कुनै शेयर नरहेको बताएका छन्।

‘मिडियाका केही वर्गले गलत तरिकाबाट हाम्रा क्लाइन्ट लोकप्रिय भारतीय कलाकार मिस्टर सलमान खानको ट्यालेन्ट म्यानेजमेन्ट एजेन्सी क्वानमा बहुमत शेयर रहेको रिपोर्टिङ गरिरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘सलमानको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा क्वानसँग र यसको अन्य कुनै समूहमा पनि कुनै शेयर छैन।

हाम्रो क्लाइन्टको बारेमा झुठा खबर प्रकाशित नगर्न अनुरोध गर्दछौं।’ यो घटनामा प्रकरणमा सारा अली खान, रकुल प्रीत सिंह, श्रद्धा कपूर, दीपिका पादुकोण, दिया मिर्जा र नम्रता शिरोडकरको नाम जोडिएको छ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close