Tips

रगतको खराबीलाई मेटाउन यसरी दैनिक प्रयोग गर्नुहोस् प्याज, पाउनुहुनेछ यस समस्याबाट छुटकारा

काठमाडौँ । प्याज प्रयोगबाट रगतमा भएको खराबी तथा विषादीबाट छुट्कारा पाउन सकिने । यो जानकारी पश्चात तपाई प्रत्येक रात मोजा भित्र प्याज राखेर सुत्न मनपराउनु हुनेछ ।चाइनिज चिकित्सा सिद्धान्त अनुसार, हाम्रो खुट्टा र शरिरका अन्य अंगहरुबीच बलियो संबन्ध रहेको हुन्छ ।प्याज र लशुनले किटाणुलाई नाश अर्थात मार्नेकाम गर्छ र शरिरलाई स्वस्थ पार्ने काम गर्छ । जब प्याज र लशुनलाई एक ठाउँमा मिसाइन्छ, यसले एक प्रकारको भरपर्दो र कुशल एजेन्ट पैदा गर्छ जसले विषाक्तलाई मार्ने काम गर्छ ।

तर आज हामी प्याजको प्रयोगबाट रगत सफा पार्ने र तल पाइताला देखि माथी टाउको सम्मको नसालाई सफा राखेर स्वस्थ जिवन जिउन सकिने उपचारका बारेमा बताउँदै छौं ।आजभोली धेरै मासिहरु चाइनिज औषधीमा विश्वास गर्छन् किनकि यी चाइनिज औषधीहरु भरपर्दा र हाम्रो संवेदना अर्थात (nervous system) सँग जोडिएको हुन्छ ।

हाम्रो खुट्टामा करिव ७००० (सात हजार) तन्त्रिकाहरु (neural endings) रहेका हुन्छन् र ती सबैको सिधा संपर्क आन्तरिक अँगहरुसँग रहेको हुन्छ । यी तन्तुहरुलाई हामीले सँधै बेवास्ता गरिरहेका हुन्छौं किनकि हाम्रा खुट्टाहरु दिनै भर जुत्ता भित्र हुने गर्छ जसले हाम्रो संवेदना (nervous) लाई सिधै असर पार्छ । खाली खुट्टाले बालुवामा हिड्ने गर्नाले अत्यन्तै फाइदा मिल्छ ।

प्याजले यस्ता खुट्टामा आइपर्ने अपठ्याराहरुलाई सहज पार्ने काम गर्छ । हामाीले जानकारी गराउन लागेको प्याजको उपयोग डायट वा सौना ट्रिटमन्ट भन्ने होइन । एउटा प्याजलाई ताछ्नु होस् र यसलाई डल्लो चिरा पारेर काट्नु होस् । अव प्याजको बाक्लो चिरालाई पैताला मुनि राख्नु होस् र कटनको मोजा लगाउनु होस् ।

यसले शरिरमा उपयुक्त सफाईको काम गर्छ । तर यस्तो अवस्थामा बाहिर घुम्न जानु चांही हुँदैन । सकेसम्म यो उपचार पद्धति रातभर अपनाउदा अझै लाभ दायक हुन्छ ।

प्याजले छाला सफा गर्छ र जिवाणुहरु तथा बाकटेरियालाई मारि दिन्छ । फासफोरिक एसिडले तपाईको रगतमा एक प्रकारको चमत्कार ल्याउँछ । एसिडले तपाईको अंगहरु र रगतलाई सफा परिदिन्छ र जिावणु तथा बाकटेरियालाई सखाप पारेर खुट्टामा सँचो पैदा गर्छ ।

जैबिक प्याजको प्रयोग गर्नु होस् । विशेषज्ञहरुका अुनसार प्याजको गन्धले हावा पनि सफा राख्छ । प्याजको गन्धलाई राम्रो मानिदैन तर अंग्रेजहरु आफ्नो घर वरिपरिको हावा स्वस्थ राख्न प्याज प्रयोग गर्छन । प्याजको गन्धले जिवाणुलाई मारिदिने र हावालाई स्वच्छ राख्ने काम गर्नुका साथै संक्रमण फैलिन दिदैन ।

Related Articles

Back to top button
Close