Tips

ढाड दुख्ने समस्याले पीडित हुनुहुन्छ ? यसरी गर्नुहोस् कपुरको प्रयोग

काठमाडौँ । धेरैको साझा समस्या हो। लामो समयसम्म कुर्सीमा बसेर वा निहुरिएर काम गर्नुपर्नेलाई त यसले झनै सताइरहेको हुन्छ।मांसपेशी, नशा, हड्डी तथा जोर्नीलगायतमा भएको पीडाका कारण ढाडको दुखाइ महसुस हुन्छ । ढाड दुख्ने समस्याबाट पीडित हुँदा काम गर्न निकै कठिनाइ हुन्छ । काममा मन एकत्रित गर्न पनि सकिँदैन । त्यसैले यसको कारण र समाधानबारे सचेत हुनु आवश्यक छ ।

किन दुख्छ ढाड ?

एउटै काम पटक–पटक दोहोर्‍याएर गर्दा मांसपेशीमा दबाब पर्छ । यसबाट मांसपेशीमा चोट पर्ने वा मांसपेशी थाक्ने हुन्छ ।यसबाट पिठ्युँमा दुखाइ महसुस हुन्छ । बढी गह्रौँ वस्तु उठाउँदा पिठ्युँमा बढी जोड पर्छ, जसले गर्दा दबाब परेर पिठ्युँमा पीडा महसुस हुन्छ ।
पिठ्युँमा विभिन्न कारणले दबाब पर्दा मांसपेशी तन्किने, खुम्चिने तथा तनाव आउने हुन्छ । जसका कारण पनि पिठ्युँमा बढी दुखाइ महसुस हुन्छ ।पिठ्युँको प्राकृतिक स्वरूपमाथि अत्यधिक दबाब वा बढी निहुरिनेलगायतका काम गर्दा पनि पिठ्युँमा दबाब बढ्न गई पिठ्युँ दुख्ने हुन्छ ।

यसरी गर्नुहोस् कपुरको प्रयोग

कपुरको प्रयोग पूजापाठको लागी धेरैले प्रयोग गर्ने गरेका छन् । यसलाई औषधिको रुपमा सही तरिकाले प्रयोगमा ल्याउन सकिएमा विभिन्न बिरामीको उपचार सजिलै गर्न सकिन्छ ।यदि कसैलाई दम रोगमा यो अचूक औषधि साबित हुनेछ ।१ भाग फुराएको हिङमा १ भाग कपुर मिसिएर केराउको दाना जत्रो गोली बनाउने र २/२ गोली तातो पानीसँग बिहान/बेलुका सेवन गर्ने तथा तारपिनको तेल छातीमा लगाउनाले दम रोग केही महिनामा नै ठीक हुन्छ । यस्तै ढाड दुखेमा पनि यसले फाइदा गर्दछ ।

Related Articles

Back to top button
Close