Video

बाग्लुगंका अपांग जोडी युवराज र पुष्पाको अनौठो बिहे(भिडियो)

काठमाडौँ । बाग्लुगं बुर्तिबागंका युवराज कँडेल र पुष्पा कँडेलको जोडीलाईं सहयोग प्राप्त भएको छ । यो संघर्षशिल जोडीलाई अमेरिकाबाट आएको सहयोग लिएर संचारकर्मी मोहन बस्नेत फेरी बाग्लुगं पुगेका छन् । विभिन्न ब्यक्तिबाट प्राप्त १२ हजार रुपैयाँ दिन मोहन बाग्लुगं पुग्दा युवराज र पुष्पाको जीवनका रोचक तथइ बाहिर आएका छन् ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

दुवै खुट्टा चल्न नसक्ने अवस्थाका युवराज र एउटा हात नभएकी पुष्पाका २ छोरा र एक छोरी छन् । उनीहरुका एक छोरा सामान्य भए पनि कान्छा छोरा र छोरीमा भने समस्या दोहोरिहिहने उनीहरुले बताए । छोरीको बेला बेलामा कान नसुन्ने समस्य छ भने कान्छा छोराको खुट्टा ८ पटक भाँच्चिएको युवराजले बताए । युवराजका अनुसार यो जोडीले कृषीको काम गरेर जिविको पार्जन गर्दै आएका छन् । कुराकानीका क्रममा यो जोडीले आफ्नो विबाहको रोचक किस्सा पनि सुनाए । शारिरीक रुपमा अति कमजोर युवराज हात खुट्टा टेकेर हिँड्ने गर्छन् ।

विबाहको कुरा चलेपछि बेहुलीलाई लिन जाने दिन रातीको विबाह गर्ने क्रममा जन्तीलाई कुरेका बेहुला एकछिन सुत्छु भनेपछि भुुसुक्कै निदाएछन् । जन्तीले बेहुलीलाई लिएर आएपछि एक्कासी उठेका युवराजले पुष्पालाई आफ्नै घरमा ल्याएर विबाह गरेका हुन् । हेर्नुहोस् यो जोडीको संघर्षको रोचक कथा भिडियोमा, ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close