Health

जमराको जुस औषधी हैन, यी रोगका बिरामीलाइ त बिष नै हो

क्यान्सर निको हुन्छ भन्दै कतिपय बिरामीले त त नियमित औषधि उपचारलाई नै छाडेर जमराको जुस पिउन शुरु गरेको पाइन्छ। क्यान्सर निको हुने भन्दै मानिसहरु जमराको जुसप्रति आर्कषित भइरहेका बेला चिकित्सकहरुले भने जमराको जुसले क्यान्सर निको हुन नसक्ने दावी गरेका छन् ।

सिभिल अस्पतालका वरिष्ठ रक्तक्यान्सर रोग विशेषज्ञ डाक्टर विशेष पौडेल जमराको जुसले क्यान्सर निको नहुने बताउँछन् । जमराको जुसले क्यान्सर निको नहुने र किमो थेरापी गराइरहेका बिरामीको स्वास्थ्य समस्या झनै बढ्ने डा पौडेलले बताए ।‘जमराको जुसले क्यान्सर निको हुन्छ भन्नु भ्रम मात्रै हो ।

किमो थेरापी गराइरहेका क्यान्सरका बिरामीलाई जमराको जुसले झनै असर पुर्‍याएको पाएका छौं,’ डा पौडेलले भने, ‘जमराको जुस खाएर अझै समस्या बढेर रक्त क्यान्सरका बिरामीहरु हामीकहाँ उपचारका लागि आइरहेका हुन्छन् । त्यसैले क्यान्सरका बिरामीका लागि जमराको जुस झनै घातक छ ।’जमराको जुसले क्यान्सरका बिरामीमा फंगल इन्फेक्सन हुने डा पौडेलको भनाइ छ ।

Related Articles

Back to top button