यी तरिकाबाट गर्न सक्नुहुन्छ मन परेका व्यक्तिलाई आफू प्रति आकर्षित
काठमाडौँ । आँखा हेरेर कुनै पनि व्यक्तिको मनको भाव र सोच सम्झिन सकिन्छ। त्यसैले कुनै पनि मानिसलाई सबै भन्दा चाडै आँखाले प्रभावित पार्ने गर्दछ।
आँखा र अनुहार नै शरीरको सबैभन्दा संवेदनशील केन्द्र मानिने गरिन्छ। आँखाको यस चमत्कारी शक्तिको बलमा एक एक्लो व्यक्तिले हजारौँ भिडमा प्रभावित मात्रै गर्दैन्, उसलाई मर्जीसँग चलाउन पनि सक्दछ। तन्त्र शास्त्रमा केही सामान्य तरिका बताइएको छ। जसको प्रयोगबाट मन परेको व्यक्तिलाई सम्मोहित वा आकर्षक गर्न सकिन्छ।
१) मयूरको प्वाख रेशमी कपडामा बाँधेर पकेटमा राख्दा व्यक्ति तपाईप्रति आकर्षित हुने गर्दछन्।२) नाभिमा परफ्युम लगाउदा पनि मानिस तपाईप्रति आकर्षक हुने गर्दछन्।३) केशरको टिका लगाउँदा पनि आकर्षक शक्ति पैदा हुने गर्दछ।
४) बिहीबार मूल नक्षेत्रमा केराको जरालाई सिन्दुरसँग मिलाएर हरेक दिन टिका लगाउँदा पनि व्यक्ति तपाईप्रति आकर्षित हुने गर्दछन्।५) लौकीको तेल र कपडाको बत्तिबाट गाजल तयार पार्नुहोस्। त्यसपछि हरेक दिन उक्त गाजल आँखामा लगाउँदा पनि आकर्षक शक्ति बढ्ने गर्दछ।६) दुई आँखीभौँको मध्य भागमा टिकुली लगाएर मन परेको व्यक्तिलाई हेर्दा पनि उ तपाई प्रति आकर्षित हुने गर्दछ।