Video

मृ’त्यु भएकाहरुको छोरी बन्दै सपना१८ वर्षीया सपना रोका मगर पनि मृत शरीरलाई दागबत्ती दिन्छिन् (भिडियो सहित)

काठमाडौँ – परा पूर्व’कालदेखि नै मृत शरीरलाई छोराले मात्रै दागबत्ती दिँदै आएको हाम्रो समाजमा पछिल्लो समय छोरीले पनि दा’गबत्ती दिने गरेको र छो’रासरह क्रियापुत्री बस्ने गरेको उदाहरणहरु आइरहेका छन्।

म्याग्दीकी १८ वर्षीया स’पना रोका म’गर पनि मृत शरी’रलाई दाग’बत्ती दिन्छिन्। उनको अवस्था भने अरुको भन्दा फरक छ। वेवारिसे अवस्थामा भेटि’एका श-वहरुलाई दागबत्ती दिएर अन्तिम संस्कार गर्छिन् सपना।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

परिचय नै नभएका वे’वारिसे श-वको व्यवस्थापन गर्न पाउँदा उनलाई सन्तुष्टि मिल्छ। उ’नले हालसम्म ४५ वटाभन्दा बढी वेवारिसे श-वको व्यवस्थापन गरिसकेकी छन्। सायद, परिस्थिति अनुकूल हुन्थ्यो त उनी यतिबेला आफ्नै संसारमा रमा’इरहेकी हुन्थिन्। तर कोरोना भाइरसको महामारीले गर्दा उनको काम अहिलेका लागि रोकिएको छ।

खेती किसानी गरेर जीविकोपार्जन गर्ने भएपनि सम्पन्न नै थियो सपनाको परिवार। दाइ पहिले देखि नै विदेशमा र दिदीको पनि बिहे भइसकेकोले गर्दा घरकी कान्छी छोरी सपना पुल्पुलिएकी थिइन्। उनले भनेका हरेक कुरा आमाबुवाले पुर्‍याइदिन्थे।

पढाइमा अब्बल सपनाले २०७३ सालमा म्याग्दीकै महेन्द्ररत्न उच्च माध्यामिक विद्यालयबाट एसईई दिइन्। त्यसपछि आफ्ना अनगिन्ती लक्ष्य र बाबुआमाको सपना बोकेर गाउँ छाडेर सदरमुकाम बेनीमा आएर कक्षा ११ मा भर्ना भइन्।

घर छाडेपछि उन’को दैनिकी र साथी संगत दुबै फेरियो। जोकोहीसँग पनि एकदमै छिटो घुलमिल हुन सक्ने र अरुको दुख देख्न नसक्ने उनकाे बानी थियो।साथीहरुले दुःखसुख पोख्थे, उ’नले सकेको सहयोग गर्थिन्। तीनै साथीह’रुको संगतले उनले बाटो बिराइन्। ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button