News

‘मनिषा दिदीले भारतको नुन भिख मागेर खानु भएको हैन’ : पूजा शर्मा

नेपाली चेली (बलिउड अभिनेत्री) मनिषा कोइरलाप्रति गरेको रुखो व्यावहारप्रति नायिका पूजा शर्माले आपत्ती जनाएकी छिन् । मनिषा कोइरालाले भारतसँग भिख मागेर नभइ आफ्नो कलाकारिताले खाएको पूजाले आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेकी छिन् ।पढ्नुस्, पूजा शर्माको पुरा स्टाटस, ‘भारतीय मिडीयाले भारतीय जनताको मन जित्न सफल नायिका मनीषा कोईरालाले समेत नेपालको जमिन हो भन्दै नेपालको पक्ष लिइन के साच्चै लिम्पियाधुरा, लिपुलेक, कालापाी नेपालको होत ? खास तथ्य सत्य केहो भनेर इतिहास केलाएर समाचार बनाउने र खोजी गर्ने त्यती ठुलो देश भारत भरि नै कुनै मिडिया नै रहेनछ यो दुःखद कुरा हो ।

मनिषा दिदीले भारतको नुन भिख मागेर खानु भएको हैन आफ्नो कलाकारितामा उभिएर खानु भएको हो मनिषा दिदीको योगदानलाई लत्याउँदै उल्टै अपशब्द बोल्ने मिडियाप्रति टिठ लागेर आयो । नेपालीहरु काम र कर्मको सिलसिलामा संसारभर होलान् तर जब देश र आफ्नो जमिनको कुरा हुन्छ त्यतिबेला देशकै पक्षमा बोलिन्छ । जन्मदिने आमालाई पराई ठानेर मेरै आमाको अङ्ग लुच्छने पराईलाई आमा भन्न सकिदैन । चेतना भया । अर्को दुःख यसमा लागेको छ की भारतिय मिडियाले नेपाल र मनिषा दिदीको बारेमा ठुलो ठुलो स्वरमा नानाभाती भनिरहंदा नेपालका मिडियाहरुले खासै आवाज उठाउन सकेनन् ।’

Related Articles

Back to top button
Close