Health

यस्ता छन् गर्भवती अवस्थामा धेरै पेट दुख्नुका कारण

काठमाडौँ । गर्भावस्था महिलाका लागि संवेदनशील अवस्था मानिन्छ । यस अवस्थामा महिलामा धेरै परिवर्तन देखापर्छन् । विशेषतः शरीरका अंगहरुमा लचिलोपन हुने तथा शरीरमा आएको परिवर्तनले चिढ्चिढापन आउने गर्दछ ।समय बित्दै जाँदा गर्भको आकार बढेर पेट ठूलो देखिने तथा अन्य अंग, मांसपेशी, आन्द्रा लगायतमा भार पर्ने गर्दछ । जसका कारण गर्भवती महिलाको पेट दुख्ने हुन्छ ।** यो समाचार पुरा हेर्न तल क्लिक गर्नुहोला **

हुनत गर्भावस्थामा पेट दुख्नु सामान्य अवस्था हो तर अत्याधिक दुख्यो वा बारम्बार दुदिरह्यो भने पेट दुखाइसँगै अन्य स्वास्थ्य समस्या भएको हुनसक्छ । जसलाई तुरुन्त चिकित्सकको सल्लाह बमोजिम निराकरण गर्नु आवश्यक हुन्छ । गर्भावस्थामा महिलाको पेट दुख्नुको अन्य कारण यसप्रकार छन् । यदि महिलाको गर्भ डिम्बवाहिनी नलीमा रहेको छ भने यस्तो अवस्थामा तल्लो पेट दुख्ने गर्दछ ।

डिम्बबाहिनी नलीमा गर्भ रहेको छ भने यसले महिलामा रक्रश्रावको समस्या देखापर्न सक्छ । तर कहिलेकाहीँ यो आफै रोकिने समेत हुनसक्छ ।अझ कतिपय महिलामा गर्भावस्थाको सुरुवातमा नै पाठेघरको पर्खालमा भ्रुण बस्ने गर्दछ । यो अवस्थामा पनि गर्भवती महिलाको पेट दुख्ने हुन्छ । केही महिलामा गर्भ रहेको ६ महिनापछि वा शिशु जन्मने समय नजिक कहिले योनीबाट रगत बग्ने तथा रोकिने हुनसक्छ ।यस्तो अवस्थामा शिशुको नाल पाठेघरको घेराबाट खस्किन्छ र गर्भवती महिलालाई पीडा हुन्छ ।

खानपानको राम्रो ब्यवस्थापन नभएमा, काचो चिज खाएमा वा कब्जियत भएमा पनि पेट दुख्ने समस्या देखापर्छ । यसका लागी पूर्ण पोषिलो तथा झोलिलो खानेकुरा खाने तथा प्रशस्त मात्रामा पानी पिउने गर्नुपर्दछ ।केहि महिलामा प्रसूति हुनुभन्दा अघि पनि पेटमा अत्यधिक दुखाइ हुने गर्दछ । प्रसुतिको छोटो समयमा योनीबाट पानी र रगत बग्ने भएकाले यस्तो पीडा हुन्छ । तर गर्भावस्थाको पेट दुखाई अत्याधिक भएमा चिकित्सकको सल्लाह लिई स्वास्थ्यप्रति सचेत हुनुपर्छ ।** यो समाचार पुरा हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close