Video

वीर अस्पतालमा कोरोनाका कारण मृत्यु भएका रामलखनबारे भर्खर आयो यस्तो खुलासा,यस्तो रह्यो खुलासा(भिडियोमा हेर्नुहोस)

काठमाडौ-वीर अस्पतालमा निधन भएका रामलखनलाई वीर अस्पतालमा उपचार गराउँदाको सीसीटीभी फुटेज सार्वजनिक गर्न उनका परिवारका सदस्यले माग राखेका छन् । वीर अस्पतालमा निधन भएका कोरोना संक्रमित रामलखनको निधन स्वभाविक त्यसमा कुनै रहस्य नभएको भन्दै वीर अस्पताल र कारागारले पत्रकार सम्मेलन गरेको थियो

निधन भएको ४ दिन भइसकेको र तापक्रम नमिलाई शव राखिएका कारण स ड् ने अवस्थामा पुगेको भन्दै वीर अस्पतालले पत्रकार सम्मेलनमा जानकारी दिएको थियो ।

तर अस्पतालको यो भनाई प्रति पनि उनका परिवार सन्तुष्ट छैनन् । रामलखनको छोरी रश्मिले आफ्ना बुवाको कसैले ज्यान लिएको दावी गर्दै आएकी छन् । कारागारवाट बाहिर निस्किदाको सीसीटीभी फुटेजमा रामलखन हात ह ल्ला उँदै सामान्य अवस्थामै अस्पताल लगिएको देखिएको छ ।

उनलाई ह्वील चेयरमा राखिएको भएपनि गेटवाट बाहिर निस्कदा उभिएका छन् । अगाडी रहेकाहरुलाई हात ह ल्ला उँदै अस्पतालका लागि कारगारवाट हिडेको देखिएको छ । तर वीर अस्पतालले भर्ना गरिएका उनको निधन भइसकेको जनाएको छ ।

अस्पतालले कारागारवाट आउँदा नै रामलखनको निधन भइसकेको जानकारी अस्पतालले दिएको हो । निधन भइसकेपछि पनि आफन्तलाई शव हेर्न र नजिक समेत जान नदिइएको भन्दै परिवारका सदस्यले विरोध गरेका छन् ।

Related Articles

Back to top button
Close