Tips

घरको कुन दिशामा मनिप्लान्ट राम्रा शुभ मानिन्छ ?

काठमाडौँ । भनिन्छ घरमा मनिप्लान्ट रोप्यो भने पैसाको कमी हुँदैन्। तर वास्तुशास्त्रमा उत्तम दिशामा मनिप्लान्ट राख्नु भएन भने त्यसको अर्थ रहदैन्। त्यसैले घरमा मनिप्लान्ट राख्दा वास्तुशास्त्रमा उल्लेख गरिएको सानो नियमको पालना गर्नुभयो भने शुभ मानिन्छ।

घरको यो दिशामा राख्नुहोस् मनि प्लान्ट

मनि प्लान्टको बिरुवा घरको कुन दिशामा लगाउने र कुन दिशामा नलगाउने भन्ने बारेमा जानकारी दिदै छौँ ।

– वास्तुशास्त्रका अनुसार घरमा मनि प्लान्टको बिरुवा उत्तर,पूर्व दिशामा राख्नु हुदैन जसले गर्दा घरमा सम्पन्नाता टाडा भाग्ने र घर परिवारमा सधै कलह झगडा भईरहने हुन्छ खटपट पैदा भईरहन्छ।

– मनि प्लान्टको लहरलाई जमिनमा फैलाउनुभन्दा कुनै दिवारको सहारा दिएर माथि अझै उभो चडाउनुपर्छ। यदि यसको लहर जमिनमा फैलियो भने धन प्राप्ति हुनुको सट्टा उल्टै पैसा सम्पतिको नोक्सान हुनेछ।

– मनी प्लान्ट लगाउने समयमा यो कुरामा ध्यान दिनुस कि कहिल्यै पनि यसको पता सुक्न नपाओस, समय(समयमा पानी अवस्य हाल्नुपर्दछ।

– मनी प्लान्टको बिरुवा घरको बाहिरभन्दा घर भित्र लगाउनु शुभ मानिन्छ। घरको भित्र मनी प्लांटको बिरुवा गमला अथवा काचको बोतलमा लगाउन सकिन्छ।

Related Articles

Back to top button