News

पहिलोपटक नेपालमा ‘सांसद’लाई कोरोना पोजिटिभ

नेपालमा पहिलोपटक सांसदमा कोरोना भाइरस पोजिटिभ देखिएको छ । प्रदेश नम्बर ५ को प्रदेशसभाका दुई सांसदको आरडीटी विधिबाट परिक्षण गर्दा कोरोना भाइरस पोजिटिभ देखिएको हो ।

भोलीदेखि सुरु हुने बजेट अघिवेशन अघि गरिएको परीक्षणमा दुई सांसदसहित ११ जनाको पाजिटिभ रिपोर्ट आएको हो। प्रदेशसभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठका अनुसार दुई सांसद, एक सचिवालयका कर्मचारी र अन्य ८ जना सांसदका स्वकीय सचिव तथा सुरक्षागार्ड रहेका छन्।

प्रदेशसभाले पीसीआर टेष्ट गर्ने किट अभाव भएको भन्दै आरडीटी परीक्षण गरिएको हो। ८० सांसद, सुरक्षाकर्मी र स्वकीय सचिवको पनि परीक्षण भएको छ। पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीका अनुसार ४० जना पत्रकारको पनि आरडीटी परीक्षण गरिएको छ।

Related Articles

Back to top button
Close