News

ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति पुग्यो ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो ।

सोमबार प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९४ हजार २ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेर प्रतितोला ९३ हजार ७ सय रुपैयामा कारोबार भइरहेको जनाइएको छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Related Articles

Back to top button