News

सवारी साधनमा जोर-बिजोरमा कडाइ, नियम मिचेमा दिनभर होल्ड गरेर राखिने

भक्तपुर, १३ असोज । जोर-बिजोर प्रणालीलाई बेवास्ता गरी सवारी चलाउनेको संख्या बढेसंगै भक्तपुरमा चेकजाँचमा कडाइ गरिएको छ ।

नियम विपरीत चलाउने सवारी साधनलाई बिहान ६ बजे देखि बेलुका ७ बजेसम्म चल्ने सवारी साधनलाई होल्ड गरेर राखिएको छ ।

जिल्लामा सरकारले लागू गरी राखेको सवारी साधनमा जोरबिजोर प्रणालीलाई बेवास्ता गर्ने बढे पछि चेकिङमा कडाई गर्नु परेको ट्राफिक प्रहरी कार्यालय भक्तपुरका प्रमुख सुमन न्यौपानेले बताउनुभयो ।** यो समाचार पुरा हेर्न तल क्लिक गर्नुहोला **

जोर बिजोरको नियमलाई अटेर गर्ने दिनको करिव ७० देखि ८० वटा सम्म गाडी तथा मोटरसाईकलहरु कारवाहीमा पर्ने गरेका छन्, न्यौपानेले भन्नुभयो । जिल्लाको बिभिन्न चोकहरुमा बिहान ६ देखि बेलुका ७ बजे सम्म चेकिङ गर्ने गरेका छन् ।

Related Articles

Back to top button
Close