Intresting

ब्रोइलर कुखुराका चल्लालाई मेहन्दी लगाएर ‘लोकल’ भन्दै बेच्ने भारतीय नागरिक पक्राउ

काठमाडौं, १३ असोज । ब्रोइलर कुखुराका चल्लालाई मेहन्दी लगाएर ‘लोकल’ भन्दै महङ्गो दरमा बिक्री गर्ने भारतीय नागरिकलाई प्रहरी प क्रा’उ गरेको छ । काठमाडाैँकाे कंलकीमा न’क्कली लोकल कुखुराको बिगबिगि मच्चिए पछि प्रह रीले सो विषयमा अनुसन्धान सुरु गरेको थियो । बोईलर कुखुराको चल्लालाई कालो रातो मेहेन्दी र रङ्ग लगाएर लोकल भन्दै महंगोमा विक्री गर्ने समूह सक्रिय भएपछि कंलकी र काठ क्षेत्रमा यस्तो बिगबिगी म’च्चिएको पाइएकाे हो ।

यसरी बोईलर कुखुरालाई मे’हँन्दी लगाएर विभिन्न किसिमको कृतिम रङ्ग लगायदै लोकल बनाउदै बिक्री गर्दै आएका भारती नागरिकहरूलाई महा नगरीय प्रहरी बृत्त कालीमाटीले प क्रा’उ गरेको छ । सेतो चल्लालाई कालो रातो रङ्ग लगाउदै गर्दा काठमाडौं कंलकी एरियाबाट प्रेम सिला देवी जैसवाल, वकिल खान,सुनिता जैसवाल,चन्दा देवी शाह कालीमाटी बृत्तले प क्रा’उ गरेका छ ।

करिव अन्दाजी २० हजार गोटा तयारी तथा रङ्ग लगाउन बाकी चल्ला बरा’मद गरिएको महानगरीय प्रहरी बृत्त कालीमाटी प्रमुख डिएसपी अपिल राज बोहराले बताउनुभयो । प्रहरीले कुल २८ हजार ६ सय चल्लाको बरामद गरेको छ । जस मध्ये ३ हजार ६ सय ५० चल्लामा कलर गरिएको हो ।

बोईलर भन्दा लोकल वा गिरिराज चल्ला महङ्गोमा विक्रि हुदो रहेछ त्यहि भएर चल्ला ल्याउदै महङ्गोमा गरिहेको पाइयो, उहाँले भन्नुभयो। उक्त गिरोहले राजधानीका विभिन्नक्षेत्र लोकल, गिरिराज, कोईलर भन्दै १० रूपयामा गरिद गरि ल्याएको चल्ला दुई सय देखि ३ सय सम्म विक्रि वितरण गर्दै आईरहेका थिए ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button