News

‘मनिषाले भारतको केही खाएकी छैनन्’ : गरिमा पन्त

नायिका गरिमा पन्त पनि अभिनेत्री मनिषा कोइरालाको समर्थनमा सामाजिक सञ्जालमा उत्रिएकी छिन् । भारतिय मिडियाले मनिषा कोइरालाप्रति गरिरहेका टिप्पणी भत्र्सना लायक रहेको ‘झोला’ अभिनेत्री लेखेकी छिन् ।

‘मनिषाले भारतको केही खाएकी छैनन् । आफ्नो परिश्रमको ज्याला लिएकी हुन् । उनले लिएको भन्दा हजार गुणा बढी हिन्दुस्तानलाई दिएकी छन् । उनले आफ्नो मातृ भूमीलाई माया गर्दा इण्डियन मिडिया बौलाहा भएको छ । मनिषाप्रतिको टिप्पणी भत्सर्नालायक छ’, गरिमा पन्तको स्टाटसमा उल्लेख छ ।

Related Articles

Back to top button