News

नेपाली सेनामा भर्ना खुल्यो, सशस्त्र प्रहरीमा सूचना निकाल्ने यस्तो छ तयारी

काठमाण्डौं । कोरोना महामारीका कारण रोकिएका सुरक्षा निकायका रिक्त पदहरुमा धमाधम भर्ना प्रक्रियाहरु शुरु भएका छन् । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले कोरोना भाइरसका कारण रोकिएको भर्ना प्रक्रिया पुनः सुचारु गरिएको जनाएको छ ।

निर्देशनालयले गत माघमा विभिन्न पदहरुमा खुलाएको विज्ञापन कोरोनाका कारण चैत ६ गते स्थगित गर्ने निर्णय गरेकोमा मंगलबार एक सूचना प्रकाशित गरेर पुनः सुचारु गरिएको जानकारी दिएको हो । यस्तै भर्ना छनौट सम्बन्धी विस्तृत जानकारी सेनाको वेबसाइटका साथै सेनाकै मोबाइल एप्स ‘नेपाली आर्मी’ मा हेर्न सकिने छ ।

सेनाले थप जानकारी लिनु परेमा भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागको सम्पर्क नम्बर ४२४६९५० वा मोबाइल नम्बर ९८६३०३१५६१ मा सम्पर्क गर्न समेत सूचित गरेको छ ।** यो समाचार पुरा हेर्न तल क्लिक गर्नुहोला **

यसअघि नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलमा रोकिएको भर्ना प्रक्रिया शुरु गर्न सरकारले निर्देशन दिएको थियो । सरकारको निर्देशनपछि प्रहरीमा जवानको अन्तरवार्ता धमाधम चलिरहेको छ भने सशस्त्र प्रहरीले भर्नाका लागि सूचना निकाल्ने तयारी गरेको जनाएको छ । समाचार साभार

Related Articles

Back to top button
Close