News

ट्रम्पको ट्वीट : लिम्पियाधुरासम्म नेपालको हो, म ओलीको साथमा छु “ब्याक अफ इण्डिया” को -फ्याक्ट चेक

काठमाडौं । नेपाल–भारतबीच अहिले कालापानी, लिपुलेक र लिम्पियाधुरलाई लिएर विवाद चर्कदै गएको छ । नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइराललाले दिएको एक बयानका कारण भारतभर हंगामा भएको छ । उनले नेपाल सरकारले ल्याएको नयाँ नक्साको समर्थन गर्दै खुःशी व्यक्त गरेपछि भारतीयहरु भड्केका हुन् । अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नामबाट भाइरल भइएरहेको ट्वीटका कारण पनि धेरै भारतीयहरु झस्केका छन, भने नेपालीहरु हर्षित भएका छन् ।

ट्रम्पको नामबाट भाइरल भएको ट्वीटमा सुगौली सन्धीका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएको भनिएको छ । त्यो मात्रै होईन म नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा छु पनि भनिएको छ । उनले ब्याक अफ इन्डिया पनि लेखेका छन् । मिति हेरियो भने आजको मिति देखाउँछ । आज दिउँसो साढे ४ बजे ट्वीट गरेको देखाइएको छ । यो समयमा ट्रम्पले कुनै पनि ट्वीट गरेका छैनन् । अर्को रोचक कुरा के भने यहाँ उक्त ट्वीटमा लाइक २०० वटा र रिट्वीट १ लाख ३ हजार देखिएको छ ।

सामान्य रुपमा हेर्दा लाइक रिट्वीट भन्दा धेरै हुने गर्दछ । धेरैलाई त जानकारी नै छ कि उक्त ट्वीट सक्कली होईन । तर कतिपयले त्यो कुरालाई सत्य नै भन्ने ठानेर धमाधम सेयर गरिरहेका छन् । अर्को कुरा ट्रम्पले एन्ड्रोइडबाट होईन आइफोनबाट ट्वीट गर्ने गरेका छन । अहिले यस्ता खालका धेरै एप्सहरु वा सफ्टवयरहरु पाइन्छन्, जसबाट हामीले यसरी इडिट गर्न मिल्छ । यस्लाई साइबर अप–राध अन्तरर्गत राखेर हेर्न सकिन्छ ।

किनभने यहाँ कुनै एक व्यक्तिको नामबाट अर्कै कुरा भाइरल भइरहेको छ । सीमा विवाद एक गम्भीर समस्या हो त्यसकारण यस्ता खालका वाहियात ट्रोलहरुका पछि लाग्नु शोभनिय हुँदैन । यस्ले के देखाउँछ भने नेपालीहरु सीमा समस्यालाई लिएर जत्ति गम्भीर हुनुपर्ने त्यती छैनन् ।

Related Articles

Back to top button
Close