News

भैरहवाबाट काठमाडौं आउदै गरेको ट्रक त्रिशुलीमा खस्यो

काठमाडौ । भैरहवाबाट काठमाडौँका लागि छुटेको ट्रक पृथ्वी राजमार्ग अन्तर्गत चितवनको कुरिनटारबाट त्रिशूली नदीमा खसेको छ । भैरहवाबाट सिमेन्ट लिएर छुटेको ना ५ ख ९६२२ नम्बरको इच्छाकामना गाउँपालिका(४ कुरिनटारस्थित एक मोडबाट साढे ४ बजेतिर त्रिशूली नदी किनारमा खस्दा तीन जना घाइते भएका छन्।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

दुर्घटनामा ट्रक चालक धादिङ गल्छी गाउँपालिका -७ का २७ वर्षीय रोहित तमाङ, सहचालक सोही ठाउँका १९ वर्षीय राजकुमार लोप्चन र धादिङ थाक्रेका २३ वर्षीय अर्जुन रुम्बा घाइते भएका छन् । उनीहरूमध्ये रूम्बाको अवस्थ गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको धादिङ मलेखुको हाइवे अस्पतालमा उपचार भइरहेको छ ।

यो अर्को समाचार, दुर्घटनामा एक जनाको निधन
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट दिप्रुङ चुइचुम्म गाउँपालिकातर्फ जाँदै गरेको ट्रयाकटर गएराति साप्सुखोला नजिकै दुर्घटना हुँदा एक जनाको घटनास्थलैमै निधन भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

दिक्तेल बजारबाट शुक्रबार साँझ सामान बोकेर हिँडेको स १ त ६६८० नम्बरको ट्रयाकटर लफ्याङस्थित साप्सु–कालिका हाइड्रोपावर नजिकैको घुम्तीमा दुर्घटना हुँदा दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका २६ वर्षीय प्रकाश राईको घटनास्थलमै निधन भएको हो ।

दिक्तेल बजारबाट घरायसी सामान लिएर हिँडेको ट्रयाकटरको ट्रली प’ल्टि’एर दुर्घटना हुँदा ट्रलीमा चडेका तीनमध्ये एक जनाको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताए ।

छ जनामध्ये अगाडिको इन्जिनमा रहेका अन्य दुई जनालाई भने चो’ट’पटकसमेत नलागेको प्रहरी निरीक्षक साहले बताए । दुर्घटनामा गम्भीर घाइते टेम्माकै ३० वर्षीय हरि मुग्राती रहेको र उहाँको शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close