News

काठमाडौंको वाफलमा रहेको पाँच तले घरभित्रको कालो कर्तुत प्रहरी नै चकित

काठमाडौं । काठमाडौंको वाफलमा एउटा ५ तले घर छ । यो कलंकीस्थित आयन डिष्टिब्युटर र वाफलमै रहेको अमेजन डिष्टिब्युटरको गोदाम घर हो । यस घरमा कर्मचारीहरु कामका लागि आउछन् । तर उनीहरुको कामबारे अनौठो खालको छ । उनीहरुको मूख्य काम हो म्याद सकिएका सामानहरुमा नयाँ मिति सहितको स्टीकर टाँस्ने । प्रहरीले छापा मारेपछि यो पाँच तलेभित्र हुने कालो कर्तुत सार्वजनिक भएको हो ।** यो समाचार पुरा हेर्न तल क्लिक गर्नुहोला **

भवनमा छापा मार्दा नक्कली मिति राखिरहेको अवस्थामा छाप्ने मेसिनसहित प्रहरीले बरामद गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार मिति सकिएका बच्चाहरुले खाने चक्लेट लगायतका उपभोग्य बस्तु र वृद्धले खाने हर्लिक्सहरुलाई गोदाममा राखि केमिकलले पुरानो मिति मेट्दै नयाँ मिति जारी गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

एउटा सिँगो पाँच पाँच कोठाभएको पाँचतले घरमा जम्मा गरिएका मिति सकिएका उपभोग्य वस्तुहरु समेत छापा टोलीले सिल गरिदिएको छ । त्यो घरभरी नै सामानले भरिएको थियो । यो देख्दा प्रहरी नै चकित बनेको छ ।

वरामद गरिएको स्थलबाट सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौनक गोत्रा, पुष्पादेवी अग्रवाल, नविन सिंह छेराउव लगायतका छन् । ती नक्कली सामान ढुवानी गर्ने दुईवटा सवारी साधन समेत नियन्त्रणमा लिएको वरिष्ठ प्रहरी उपरिक्षक दिपक थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार वाणिज्य आपूत्ति तथा उपभोत्ता हित संरक्षण विभागका उपसचिव सागर मिश्र, जिल्ला प्रशासन कार्यालय काठमाडौका प्रसाशकीय अधिकृत खड्का श्रेष्ठ र प्रहरी उपरीक्षक सहितको टोलीले नक्कली काम गर्ने गिरोहलाई नियन्त्रणमा लिएको हो ।** यो समाचार पुरा हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close