News

बिना ईन्टरनेट भिडियो हेर्न मिल्ने ओकेट्युब बनायर देखाईदिए नेपाली युवा राजेश दासले

एकजना नेपाली युवाले इन्टरनेट बिना चलाउन सकिने ‘युट्युव’ विकास गरेका छन् । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा इलेक्ट्रोनिक्स इन्जिनियर राजेश दासले सवारी साधनलाई लक्षित गर्दै अफलाइनमा चलाउन मिल्ने ‘ओकेट्युव’ बनाएका हुन् । ‘यसमा अफलाइन बसेरै भिडियो स्ट्रिमिङ गर्न मिल्छ । भिडियोका लागि हामीले कन्टेन्ट प्रदायकसँग छुट्टै सम्झौता गरेका छौं,’ दास भन्छन् ।

ओकेट्युवका लागि तयार पारिएको हार्ड ड्राइभमा नेपाली, हिन्दी, अंग्रेजी लगायतका चार हजारसम्म चलचित्र तथा म्युजिक भिडियोहरु राखिएका छन् । जसलाई सवारीसाधनमा राखिने डिभाइसमार्फत वाईफाईमार्फत ४० भन्दा बढी डिभाइसमा एकसाथ एक्सेस गर्न सकिन्छ ।

यो डिभाइस इन्टरनेटको कनेक्सनमा आउँदा मेन सर्भरबाट नयाँ भिडियोहरु आफैं अपडेट हुने गर्छन् । सवारीसाधनमा रहने ओकेट्युवको वाईफाई हटस्पटले ५० मिटरसम्मको दुरीमा सजिलै काम गर्न सक्छ । मोबाइल एप डाउनलोड गरेर वाईफाईबाट आनन्दसँग चाहेको भिडियोहरु हेर्न मिल्छ । दासका अनुसार एकसाथ ४० वटा डिभाइसमा यो वाईफाईले पाँच एमबीपीएसको गतिमा काम गर्न सक्छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

यो पनि , कृषिलाई प्राङ्गरिक गर्दै स्थानीय तह- पछिल्लो समय स्थानीय तहले खेती प्रणालीलाई प्राङ्गरिक बनाउन लागेका छन् । रासायनिक मल र विषादीले मानव स्वास्थ्य र माटो बिगार्ने बुझेपछि स्थानीय तहहरु प्राङ्गारिक खेतीतर्फ उन्मुख भएका हुन् ।

यहाँस्थित सूर्योदय नगरपालिका र देउमाई नगरपालिकामा प्राङगारिक खेती प्रणाली अपनाउन किसानलाई सूचितसँगैेी समेत व्यवस्था गर्दै आएका छन् । त्यसमा पनि पछिल्लो समय कृषि ज्ञान केन्द्रबाट प्राङ्गारिक खेतीका लागि रकम छुट्टिन थालेपछि अझै सहज भएको छ । यस वर्ष मात्र कृषि ज्ञान केन्द्रमार्फत रु एक करोड ७० लाख बजेट विनियोजन भएको छ ।

ती स्थानीय तहमा क्लष्टर छनोट गरेर कार्यक्रम कार्यान्वयन गरिने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख टोनी बर्देवाले बताउनुभयो । यसका लागि ज्ञान केन्द्रले जैविक विषादी, जैविक मल बनाउने, गड्यौले मल उत्पादनको लागि गड्यौलापालन, भकारो सुधारमा सहयोग गरिरहेको बर्देवाले जानकारी दिनुभयो ।

सरकारले प्राङ्गारिक उपजको प्रमाणीकरण, प्राङ्गारिक उत्पादनको प्रशोधन, रासायनिक विषादीको प्रयोग नगरी गरिने उत्पादन र परम्परागत पद्धतिबाट हुने कृषि उत्पादनको प्रवद्र्धन गर्न बजेट विनियोजन गरेको हो । त्यसका लागि प्राङ्गारिक खेती पद्धतिको लागि सचेतना अभिवृद्धि गर्ने, प्राङगरिक उत्पादनका लागि आवश्यक सामग्रीमा सहयोग गर्ने, प्रविधि हस्तान्तरण गर्नेदेखि बजारीकरणसम्ममा सहयोग पुग्ने क्रियाकलाप सञ्चालन हुनेछन् । कार्यक्रमअन्तर्गत जैविक विषादी, जैविक मल बनाउने, भर्मिङ कम्पोष्ट मल उत्पादनको लागि गड्यौलापालन, भकारो सुधारमा सहयोग गरिने निमित्त प्रमुख बर्देवा बताउनुहुन्छ ।

त्यस्तै उत्पादन विविधीकरण गर्ने, उत्पादित वस्तुको प्याकेजिङ लेवलिङ गरेर मूल्य अभिवृद्धि गरिनेछ । प्राङ्गारिक खेतीका लागि संरक्षित संरचनाभित्र बालीको उत्पादनका लागि नयाँ संरचना बनाउन सहयोग गर्ने, पुरानो संरचनालाई सुधार गर्नेदेखि खुला जमिनमा खेती गर्ने प्रणालीलाई समेत सहयोग गर्ने कार्यक्रम छन् । कार्यक्रम लागू भएको ठाउँमै बजार प्रवद्र्धनको केन्द्र बनाइने छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close