News

बौद्ध इन्टरनेशनल स्कूल जोरपाटीले फि नतिरेको भन्दै बच्चा निकालेपछि अभिभावकले गरे ‘तो’ड’फो’ड (भिडियोसहित)

काठमाण्डौ । काठमाण्डौको गोकर्णेश्वरमा रहेको जोरपाटी स्थिति बौद्ध इन्टरनेशनल स्कूलले लकडाउनको समयमा फि नतिरको भन्दै बच्चालाई स्कूलबाट निकालिदिएपछि अभिभावकहरुले ‘तो’ड’फो’ड गरेका छन् । अभिभावकलाई कुनै खबर नै नगरि बच्चा निकालिएको भन्दै अभिभावकले ‘तो’ड’फो’ड गरेका हुन् ।

अभिभावकको भनाई अनुसार आफुहरुले फि तिर्ने बताए पनि स्कूल प्रशासनले भने आफुहरुको कुरा नै नसुनि एक्कासी स्कूलबाट बच्चा निकालिदिएको बताईएको छ । त्यसरी स्कूलले बच्चा निकालिदिएको हुनाले बच्चासंगसंगै आफुहरुको पनि मानसिक स्थितिमा असर परेको अभिभावकहरुको भनाई छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

‘लकडाउनकै कारण फिमा अलिकति कन्सेक्सन गरिदिनु पर्यो भन्दा हाम्रो कुरा नै सुनिएन । तै पनि ठीकै छ हामी तिर्छौं तर थोरै समय कुरिदिनुहोला भन्दा भन्दै हाम्रो बच्चा निकालियो । उहाँहरुको यस्तो गलत निर्णयले हाम्रो बच्चाको मानसिक अवस्थामा चोट पुगेको छ । यस्तो गर्ने अधिकार एउटा स्कूल र प्रशासनलाई कस्ले दियो ?’ अभिभावकहरुले प्रश्न गरे ।

स्कूल प्रशासनले गरेको अभद्र व्यवहारप्रति निकै नै दुःखी भएका अभिभावकहरुले चैत्र महिनादेखि आफुहरुले तिरेको फि पनि फिर्ता माग्दै स्कूलामा कार्यरत तीन जना सरहरुलाई कार्वाहीको माग समेत गरेका छन् । यो समाचारलाई हामीले फेसबुकको भिडियोमा अपलोड भएको आधारमा तयार गरेका हौं । उक्त भिडियोमा अभिभावक र बच्चा अनि बच्चाले पढ्ने कक्षाको नाम खुलाईएको छैन ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close