News

मकवानपुरमा ड’रलाग्दो सुमो दुर्घटना, २ को ज्या*न गयो

काठमाण्डौं । मकवानपुरको भीमफेदी गाउँपालिका गढीमा आइतबार दिउँसो सुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ ।हेटौँडाबाट भीमफेदीतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको सुमो सडकबाट करिब डेढ सय मिटर तल ख से र दुर्घटना हुँदा दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले बताएका छन ।

ज्यान गु’माएकाहरुको हाल सना’खत हुन नसकेको प्रहरीले जनाएको छ । उनका अनुसार उक्त दुर्घटनामा परी सुमो चालकसहित तीन जना ग’म्भीर घाइते भएका छन् । उनीहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । उक्त सुमोमा चालकसहित आठ जना सवार थिए ।

अर्को समाचार अनुसार, चितवनको माडीमा वन्यजन्तु धपा’उन राखिएको क’रे’न्ट लागेर आज एक जनाको निधन भएको छ । ज्यान गुमाउनेमा माडी नगरपालिका ६ वसन्तपुरका ६० वर्षीय सुकदेव महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक देवराज शर्माले जानकारी दिए ।

उनका अनुसार वसन्तपुरस्थित खेतमा गैँडा ध’पाउन बिछ्’याइ’एको बिजुलीको ना’ङ्गो तारको क’रेन्ट महतोलाई हिँडिरहेका अवस्थामा लागेको थियो । क’रेन्ट लागेर घाइते भएका उनको बघौडा अस्पताल माडीमा उपचारका क्रममा ज्यान गएको हो । घटनाको थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि भरतपुर अस्पताल राखिएको छ । सांकेतिक तस्वीर

Related Articles

Back to top button
Close