International

कोरोनाका कारण भारतमा मृ त्यु हुनेको संख्या २४९ पुग्यो, ७ हजार ६ सय संक्रमित

काठमाडौं, २९ चैत । कोरोना भाइरसकाे संक्रमणले दक्षिणी छिमेकी राष्ट्र भारतको स्थिति पनि भयावह बन्दै गएको छ । भारतमा हरेक दिन मृ त्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएको पाइन्छ ।

भारतमा अहिलेसम्म काेराेना भाइरसका कारण २४९ जनाले ज्यान गुमाएका छन् भने ७ हजार ६ सय संक्रमित भएका छन् । शुक्रबार मात्रै भारतमा २३ जनाकाे मृत्यु भएकाे छ भने ८७५ जना नयाँ संक्रमित थपिएकाे विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोले जनाएकाे छ ।

शुक्रबार बिहानसम्म भारतमा मर्नेकाे कुल संख्या २२६ जनाको थियाे । बिहीबार बिहानसम्म भारतमा मृत्यु हुनेको संख्या १७८ थियाे । भारतमा बुधबार २८ र मंगलबार २५ जनाकाे काेराेनाका कारण ज्यान गएकाे थियाे ।

भारतमा कुल संक्रमितमध्ये ७७४ जना उपचारपछि निको भएका छन् । बाँकी ६ हजार ५७७ जना उपचाररत रहेको वल्र्डोमिटर्सको तथ्यांकमा जनाइएको छ ।

पछिल्ला तथ्यहरूका अनुसार भारतमा महामारी नियन्त्रणका प्रयास प्रभावकारी नहुने हाे भने यसले इटली र स्पेनकै जस्ताे भयावह अवस्था निम्त्याउने त्यहाँका जनस्वास्थ्य विज्ञहरूले बताउँदैन अाएका छन् ।

Related Articles

Back to top button
Close