News

देशभर फेरि कडाई, स्वस्थ्यमन्त्रालयले जारी गर्याे यस्तो प्रस्ताव

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर सुरक्षा मापदण्डमा कडाई गर्ने भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब, जनस्वास्थ्यको मापदण्डमा कडाई गर्ने र जरिवाना गर्ने गरी नयाँ प्रस्ताव पठाइएको बताएका हुन् ।

योसँगै देशभर कडाई हुने देखिएको छ । त्यस्तै मन्त्रालयले यो वर्षको दशैँ जहाँ छौं, त्यही दशैं मनाउन अपिल गरेको छ ।कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढिरहेका बेला मन्त्रालयले दशैंका लागि एक ठाउँबाट अर्काे ठाउँमा यात्रा नगर्न आग्रह गरेको हो ।**** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

काठमाण्डाै उपत्यकामा २४ घण्टामा थपिए १५ सय ९९ सङ्क्रमित
गएकाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा १५ सय ९९ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार काठमाण्डौमा १३ सय ७३ जना, ललितपुरमा एक सय ८७ जना र भक्तपुरमा ३९ जनामा सङ्क्रमण देखिएको हाे ।

याे सङ्ख्या देशैभर थपिएका सङ्क्रमितमध्ये झण्डै ७१ प्रतिशत हाे । केही हप्तायता काठमाण्डाै उपत्यकामा काेराेना सङ्क्रमण दर बढेसँगै जाेखिम पनि बढेकाे छ ।

गएकाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा १५ सय ९९ सहित देशैभर २२ सय ५३ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे हाे । याेसँगै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ८६ हजार आठ सय २३ पुगेकाे छ ।

त्यस्तै सङ्क्रमण पुष्टि भएकामध्ये आइतबारसम्म ६४ हजारभन्दा धेरै डिस्चार्ज भएका छन् । पछिल्लाे २४ घण्टामा एक हजार तीन सय २९ जना निकाे भएर घर फर्किएकाे मन्त्रालयले जनाएकाे छ । **** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Related Articles

Back to top button
Close