Intresting

मात्र रु.१३७ मा महल जस्तो घर। सुन्दा आश्चार्य लाग्छ,तर यो गलत होइन। इच्छुकले एकचोटी अवश्य पढ्नुहोस र पुरा जानकारी लिनुहोस्

आजको दिनमा सबैलाई आफ्नै घर होस् भन्ने चाहना पक्कै पनि हुन्छ। लाखौ खर्च गरेर आफ्नो सुन्दर घर होस् भन्ने चाहनेको कमी छैन तर धेरै कोसिस र प्रतिबध्दताले पनि आफ्नो घर बनाउन नसक्नेको संख्या अझै पनि लाखौमा छ। यस्तो महंगीको दुनियामा मात्र रु.१३७ मा विशाल सुन्दर महल जस्तो घर त्यो पनि बिदेशमा पाइन्छ र भन्ने कुरामा कसैलाई पनि बिस्वास गर्न पक्कै पनि सजिलो छैन र यस्ता हावा गफ भन्दै केही नबुझी गाली समेत गर्न पछी पर्दैनन्।

तर यो सच्चाई हो। इटालीको ओलिलि शहरमा हजुरले मात्र रु.८४ मा आलिशान घर किन्न सक्नु हुन्छ। सोच्दै हुनुहुन्छ होला,यस्तो महंगाईमा कसरी यति थोरै रकममा यस्तो घर पाइदै छ भनेर।यो घर पाउनका लागी साना शर्तहरु पनि लागु हुनेछन,जुन तल खुलाइदै छ।

घर सस्तोमा किन पाइंदै छ? इटाली बिश्व कै सुन्दर देश मध्य एक मानिन्छ र ओलिली शहर झन् प्राकृतिक र सौन्दर्यताले भरिएको शहर हो। अन्तरास्ट्रिय फेशन पत्रिका कॉस्मोपॉलिटनको एक रिपोर्ट अनुसार यस शहरमा हजारौ यस्ता घर बिक्रीमा राखिएका छन् जसको मुल्य मात्र १ इउरो रहेको छ जुन नेपाली रुपैया मात्र रु.१३७ पर्न जान्छ।

यति सस्तोमा घर बेच्नुको मुख्य कारण हो यहा घट्दै गएको जनसंख्या।अहिले यो शहरमा मात्र १३०० जनसंख्या छन् र रिपोर्ट अनुसार ५० बर्ष पाहिले यहा मात्र २२५० जना को बसोबास रहेको थियो।

समस्त जनसंख्याको लोप नहोस भनेर सस्तोमा घर दिएर मान्छेहरु आकर्षित होउन भन्ने उद्धेश्यले घरको मुल्य मात्र १ इउरो तोकिएको हो।

घर किन्नको लागी यस्तो छ शर्त: सरकारबाट यो शहरमा सस्तोमा घर किन्न भनेर अपिल आइरहेको छ तर यति सस्तोमा किन बेच्ने भन्ने कुरामा एउटा सानो शर्त पनि लागु गरिएको छ। शर्त अनुसार यो घर जसले किन्छ,उसले ३ बर्षमा घरको नविकरण गर्नु पर्ने छ र नविकरण शुल्क मात्र २५००० डलर तोकिएको छ जुन नेपाली रुपैयामा २९ लाखको आसपास रहेको छ। एकैचोटी पैसा तिर्न नपर्ने र यस्तो महल अजस्तो घरको यो मुल्य त्यती महँगो भने पक्कै पनि भन्न मिल्दैन।

Related Articles

Back to top button
Close