News

‘ससुरा र श्रीमान्ले बला’त्का’र गरे, अरुलाई पनि ल्याएर अ’नै’ति’क काम गर्न लगाए’

काठमाण्डौं । बझाङ जिल्लाकी एक युवतीमाथि अमानवीय व्यवहार भएको छ । ती युवतीका श्रीमान् र ससुराले उनीमाथि अनैतिक काम गरेका छन् । त्यतिमात्र होइन, गाउँका अरु मान्छे ल्याएर समेत अनैतिक काम गर्न लगाएका छन् । ती दुखद अवस्थाबाट गुज्रेकी युवती जिल्लाकी बित्थडचिर गाउँपालिकाकी हुन् ।उनको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भै रहेको छ । ती २१ वर्षीया युवती मानसिक रुपले बिचलित छिन् । उनको दुख यति धेरै छ कि अरुलाई सुनाउँदा पी’डाले आफै र बे हो स हुन्छिन् ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

ती युवतीको माइती बुंगल नगरपालिका–२ भएको बताइन्छ । उनको तीन वर्ष पहिला मात्रै बित्थडचिर गाउँपालिका–७ सुनकुडाका एक युवकसँग विवाह भयो । विवाह गरेको दुई वर्षभन्दा बढी भइसक्दा पनि उनको कोखबाट बच्चा नभएपछि गत कात्तिक २८ गते उपचारका लागि युवती, उनका श्रीमान्, सासूससुरा र नन्द सुनकुडाबाट भारत जाने भनेर हिँडे ।

एक सातासम्म सासूको माइती घर बैतडीको गड भन्ने ठाउँमा बसेर स्थानीय धामी र वैद्यले उनको उपचार गर्ने भन्दै लागे । त्यसपछि सबै भारतको बेंग्लोर पुगे । त्यहाँँ काम नपाएपछि पी’डित युवतीसहित सासू र नन्दलाई बेंग्लोरमै रहेको जेठी छोरीको कोठामा छोडेर ससुरासहित काम खोज्न तमिलनाडु पुगे ।

भारत पुगेपछि उनका श्रीमान् र ससुराले उनलाई बला’त्का’र गर्न थाले र सासु र नन्दले कु’ट्न थाले । यसैबिच उनको गर्भ रह्यो । गर्भ फा’लेर उनको स्थायी बन्ध्याकरण गरिदिएको र पति र ससुराले बाहिरबाट ग्राहक बोलाएर पैसा उठाउने र उनलाई अनैतिक काम गर्न बा’ध्य पार्ने गरेको युवतीका काकाले बताए ।एक दिन काकाको फोन ससुराको मोवाइलमा बजेको युवतीले देखेको र त्यो नम्बर टिपेर त्यस्तो कार्यका लागि आएका एक् भारतीय लाई दिएर आफ्नो घटना बताउन भनेको त्यसपछि युवतीको भारतबाट उद्दार सम्भव भएको उनका काकाले जानकारी दिएका छन् ।

उनी भारतीय नागरिकको सहयोगमा उद्धार भएर जिल्ला पुगेकी उनका काकाले बताए । अहिले ती युवतीका पति प्रहरी हि रा स तमा छन् र गल्ती समेत स्वीकारेका छन् ।  । यस बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रूपक खड्काले बताए । ती युवतीका सासू, ससुरा, नन्द, नन्दका श्रीमान् भारतमै छन् । उनीहरु पनि अभियुक्त रहेकाले उनीहरूलाई नेपाल ल्याउने प्रयास भै रहेको डिएसपी खड्काले जानकारी दिए ।

उनको बाल्यकाल पनि पी’डामै बितेको थियो । नौ महिनाकी हुँदै छाडेर आमाले अर्कैसँग विवाह गरिन् । त्यपछि काकाले हुर्काए । र उनैले २०७४ असारमा बिहे गरिदिए । (शब्द र तस्वीर कान्तिपुरबाट साभार गरिएको हो ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close