News

नेपालमै घट्यो यस्तो अचम्मको घटना, सबै गाउँलेहरु मिलेर यस्तो सम्म गरे !

काठमाडौं । नेपालमा एउटा उखान खुबै चर्चामा छ । पैसा तिर्नु पर्दा अमृत पनि नखाने तर निःशुल्क पाए अलकर्ता पनि खाने । यस्तै, जीविकोपार्जनका लागि भन्दै नेपाल रेडक्रस सोसाइटीले वितरण गरेको वोयर बोका गाउँलेले मासु खाएका छन् । गोरखाको सिरानचोक गाउँपालिका–३ हर्मीका प्रकाश अधिकारीलाई दिइएको वोयर बोका वुधवार वडाध्यक्षसहित स्थानीयले मिलेर खाएका हुन् ।

जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाले गत मंसिर ११ गते साविकको हर्मी गाविसका प्रत्येक वडामा एक–एक वटा वोयर बोका वितरण गरेको थियो । तर अधिकारीले पाएको बोका इलाका प्रहरी कार्यालय हर्मीकै परिसरमा स्थानीयले मासु भाग लगाएका हुन् ।

वडाध्यक्ष वीरबहादुर थापाले भने, ‘प्रकाशले गाउँको समूह–फाइनान्स सबैबाट ऋण लिएको रहेछ । घरमा बुढी आमालाई छाडेर ऋण तिर्न नसकेर भागेछ, अनि गाउँलेले घरमा पालेको सबै गाईवस्तु लिलामी गरे र त्यही बोका पनि लगेर काटेका हुन् ।’ उक्त बोका काट्दा १४ हजार रुपैयाँ उठेको उनले बताए ।(फोटो फाईल)** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

संकलित रकमको केही अंश अधिकारीको आमालाई दिने उनले स्पष्ट पारेका छन् । सबैसँग सल्लाह गरेर बोका काटेर मासु बेचेको उनले जानकारी गराए । जीविकोपार्जनका लागि दिएको बोका काटेर मासु खाएपछि रेडक्रसले आपत्ति जनाएको छ । उक्त बोकाको ३० हजार रकम बराबरको बिमासमेत गरिएको उनले बताए ।

Related Articles

Back to top button
Close