Video

ह’राएको २ महिना पछि शारदा र ८ वर्षका छोरा बारे आयो सनसनीपुर्ण खबर, उनी जिवित छन् भन्ने आशा रहेन (भिडियो हेर्नुस्)

काठमाडौ । गैडाकोट नवलपरासीकी सारदा लामिछाने हराएको दुई महिना भइसक्यो । उनी आफ्नो ८ वर्षको सानो छोरा सहित हराएकी हुन् । हराएको दुई महिना पछि फेरी सारदाले प्रयोग गर्ने मोवाइल फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय कावासोतीले मोवाइल फेला परेको भनेर सारदाको बुवालाई बोलाएपछि आफु जाँदा त्यसवारे जानकारी दिएको सारदाको बुवाले बताएका छन् । केही युवाहरुको हातवाट सारदाको मोवाइल फेला परेको भन्दै प्रहरीले उनीहरुलाई जानकारी दिएको बताएका छन् ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

१५देखि १७ वर्षका चार पाँच जनाका युवाहरुको हातमा सारदाको मोवाइल फेला परेको भन्दै प्रहरीले जानकारी दिएपछि थप जानकारी लिने क्रममा सारदाले लगाएको चप्पलका बारेमा पनि जानकारी पाएको उनले बताएका छन् । ति युवाहरुले सारदाको चप्पल समेत घरमा लिएर गएका थिए । युवाहरुको परिवारका सदस्यले यो चप्पल कहाँवाट फेला पारेको हो भनेर प्रश्न गर्दा नारायणी नदि किनारमा फेला पारेको बताएका थिए ।

अभिभावकले त्यस्तो भनेपछि ति युवाहरुले चप्पल लगेर नारायणी नदिमा लगेर फालेको बताइएको छ । सारदाका परिवारले अहिले सम्म उनी जिवित रहेको आशा राखेका थिए प्रहरीको यो जानकारी पछि त्यो आशा निरासामा परिणत भएको सारदाको बुवाको भनाई छ । आफ्नो छोरी र नाती हराउँदा पनि सारदाको श्रीमानले वेवास्ता गरेको उनको आरोप छ ।

शारदा घरवाट हराएको दुई महिना पुग्दा पनि शारदाको श्रीमान घर समेत आएका छैनन् । उनी नेपाल भन्दा बाहिर छन् । नेपालमा आफ्नो परिवार नै हराउँदा समेत उनी नेपाल नफर्किएको सारदाको बुवाको भनाई छ । सारदाको बुवाले ज्वाईकै ब्यवहारका कारण शारदाले यस्तो निर्णय गरेको उनको आ’रोप छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close