News

नौ महिना देखि नक्कली प्रहरी निरीक्षकलाई सक्कली प्रहरीले सलाम ठो’किरहे, यसरी खुल्यो रहस्य

काठमाण्डौ । नेपालमा प्रहरीको फुली र कपडा सजिलै किन्न पाइन्छ । हामीले सिनेमा तथा नाटकमा कलाकारले प्रहरीको बर्दी लगाएर अभिनय गरेको देखेका छौं । तर नेपालमै अनौठो घटना भएको छ ।

एक प्रहरी निरीक्षकले प्रहरीकै गाडी प्रयोग गरेर तराईका चौकी चौकी घुमे, अन्य तल्लो दर्जाका प्रहरीको सलाम पनि खाई रहे । अन्तत झुटको पर्दा उघारिएको छ । उनी नक्कली प्रहरी निस्किएका छन् । बारा जिल्लाको जितपुरका अरबिन्द कुमार भार नक्कली प्रहरी निरीक्षक बनेर प्रहरीकै पोसाक लगाएर यसरी सलामी खाने गरेको खुलेको छ ।

हालै उनकै नेतृत्वमा वीरगन्जमा प्रहरी सहायक निरीक्षक पदका लागि लिइएको लिखित परिक्षा नै नक्कली भएको खुलेको थियो । परिक्षार्थीबाट लाखौं संकलन गर्ने मनसायले गरिएको परिक्षाको पूरै तयारी नै नक्कली रहेको खुलेको थियो ।

समयमै सूचना पाएपछि नेपाल प्रहरीको सिआइबी टोलिले असइ पदको लागि नक्कली परिक्षा लिई रहेको अवस्था २७ जनालाई प क्रा उ गरेको थियो । वीरगन्ज ५ कुम्हाल टोलस्थित रेल्वे रोडमा रहेको देव पार्टी प्यालेसमा असइ पदको लागि नक्कलि लोक सेवा आयोगको परिक्षा लिई रहेको अवस्थामा प्रहरीले छा पा मा रे को थियो ।

त्यस समयमा परिक्षा लिई रहेकै अवस्था २१ जना परिक्षार्थी र ६ जना नकली प्रहरी अधिकृतलाई प क्रा उ गरेपछि नक्कली प्रहरीको भेद खुलेको हो । नक्कली प्रहरी अरबिन्द कुमार भार सक्कली पोशाक र फुली लगाएको अवस्थामा सो ठाँउबाट पक्राउ परेका थिए ।

बिगत एक महिनादेखि देव पार्टी प्यालेसका हल र अफिस कोठा लिई लोक सेवा आयोगको नक्कली लोग सेवा आयोगको कक्षा तयारी गरि रहेको थियो । पार्टी प्यालेसका संचालक पन्नालाल चौरसियालाई नक्कलि प्रहरी निरीक्षक अरबिन्द कुमार भारले आफ्नो प्रभावमा पारी नक्कली प्रहरी सहायक निरीक्षक पदको लागि कक्षा संचालन गरि विद्यार्थीहरुबाट लाखौ ठ गि गर्ने योजना बनाएको खुलेको छ ।

Related Articles

Back to top button
Close