International

यि अभिनेतासँग लगनगाठो कस्दै सुन्दरी गायिका नेहा कक्कड

काठमाडौं । भारतीय चर्चित गायिका नेहा कक्कडले विबाहको तयारी गरेकी छिन् । नेहाले प्रेमी पंजाबी गायक र अभिनेता रोहनप्रीत सिंहसँग लगनगाँठो कस्ने तयारी गरेको भारतीय मिडियाले जनाएको छ । रोहनप्रीत रियलिटी शो राइजिंग स्टार २ का रनर – अप हुन् । उनी शो मुझसे शादी करोगेमा पनि देखा परेका थिए ।

यो जोडीले मुम्बईमा २४ अक्टोबरमा विवाह गर्ने तयारी गरेको बताइएको छ । दुवैले केहि दिनअघि सामाजिक सञ्जालमा आफुहरुको एक भिडियो पनि शेयर गरेसँगै उक्त तस्विर भाइरल बनेको छ ।

गायिका नेहाका इस्मे तेरा घाटा, मिले हो तुम हमको, काला चस्मा, आख मारे, कोकाकोला, नैना, गल्ली गल्ली, दिलवर दिलवर लगायतका गीतहरु निकै चर्चामा छन् । इण्डियन आइडलको उपाधि जितेर इण्डियन आइडलको जज बन्न सफल यि समुधुर स्वरकी सुन्दरीको यसअघि हिमांश कोहलीसँग लामो समय प्रेम सम्बन्धमा रहेकी थिइन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Related Articles

Back to top button
Close