News

आफ्नै किड्नी बिक्रीमा भन्दै काठमाडौमा विज्ञापन टाँस्ने युवकको अचम्मको जीवन, रुदै सुनाए फिल्मको जस्तै कथा (भिडियो हेर्नुस्)

काठमाडौ । साँझ विहान छाक टार्ने उपाय समेत नभएपछि कोही ब्यक्ति कुन हद सम्म पुग्न सक्छ भन्ने उदाहरण हेर्न नयाँ बानेश्वरको आइपेक्स मलको विपरीत रहेको एउटा भित्तामा हेरे पुग्छ । त्यहाँ एउटा सूचना देख्न सक्नुहुन्छ । ए–फोर साइजको सेतो चम्किलो कागजमा लेखिएको छ – मिर्गौला चाएमा भन्दै एउटा फोन नम्बर लेखिएको छ । मिर्गौलाको विज्ञापन गर्ने यी व्यक्ति हुन् कैलालीको धनगढी उपमहानगरपालिका धुरचन्ना घर भएका ३३ वर्षका जगवीरे गुरु धामी ।

बालकुमारीदेखि कलंकीसम्म, टेकुदेखि बानेश्वरसम्म उनले यस्ता पोस्टर लगाएका छन । त्यसमा लेखिएको मोवाइल नम्बरका आधारमा उनलाइ केहीले फोन समेत गरेको बताएका छन् । आफुले यसरी अंग नै बेच्नुपर्ने अवस्था कसरी आयो भन्नेवारे उनले बेलिबिस्तार लगाएका छन् ।

नेपालमा मानव अंग बेच्ने कार्यलाई गैरकानुनी मानिन्छ । यो कुरा उनलाई पनि थाहा छ । तर पनि आफ्नो बाध्यता भएका कारण यस्तो विज्ञापन गरेको उनले बताएका छन् । आफ्ना नातेदार र परिवारका सदस्यलाई मात्र अंग दिन पाइने कानुनी प्रावधान छ । प्रत्यारोपण गर्न पर्ने अवस्था चिकित्सकले पुष्टि गरेपछि मात्र परिवारका सदस्यले मात्र दिन मिल्छ । तर दुई हात मुख जोड्ने समस्या भएपछि आफुले यस्तो गर्नुपरेको धामीले बताएका छन् ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

धामीले आफू आर्थिक समस्यामा फसेको र अरु कुनै विकल्प नभएकाले जानीबुझी मिर्गौला बेच्न खोजेको बताए । मिर्गौला बेच्नेबारे उनले केही साथीहरुसँग पनि सल्लाह गरेका रहेछन् । तर साथीहरुले यसो नगर्न सुझाव दिएका छन् ।

काठमाडौंमा कहिले मासु पसल, किराना पसल कहिले खाजा पसल सञ्चालन गरेका उनी व्यापार राम्रो नभएको र २५ लाख रुपैयाँ ऋण लागेको भन्दै मिर्गौला ग्राहकको खोजीमा लागेको दाबी गर्छन् । पहिलो श्रीमतीको निधन भएपछि धादिगंको एक महिलासंग विवाह गरेको बताउने उनले त्यो विवाहवाट पनि आफु खुसी हुन नसकेको बताएका छन् ।

अहिले कयौं मानिस आफ्नो दुःख देखाएर युट्युबमा अन्तर्वाता दिएका भरमा भाइरल भएर धेरै आर्थिक सहयोग हात पारिरहेका छन् । यस्तो सूचना टाँसेर भाइरल बन्न खोजेको हो कि भन्दा उनी भन्छन् ‘त्यो मैले सोचेको छैन, मैले त्यस्तो गर्न खोजेको पनि होइन ।’ अहिले धामी कलंकीमा बस्छन् । उनले आफुसंग पैसा नहुँदा ३ दिन सम्म पनि खाना खान नपाएको बताएका छन् ।

Related Articles

Back to top button
Close