News

९ स्पीड अटोमेटिक गियरबक्समा आयो जीप कम्पास, थाहापाउनुस् मूल्य

काठमाडौं । जीपको आधिकारीक वितरक एमएडब्ल्यू लाइफले कम्पासको नयाँ भेरियन्ट नेपाल ल्याएको छ । कम्पनीले अबको केही दिन भित्र यसको आधिकारीक विक्री सुरु गर्ने जनाएको छ ।

कम्पनीले ल्याएको नयाँ भेरियन्टमा ९ स्पीड अटोमेटिक गियरबक्स दिइएको छ । कम्पनीले सार्वजनिक गर्न लागेको २.० लिटर डिजल इन्जिन युक्त कम्पासको मूल्य १ करोड १८ लाख ९० हजार रुपैयाँ निर्धारण गरेको छ ।

‘गाडी नेपाल आइसकेको छ । अर्को हप्ताबाट आधिकारीक बिक्री सुरु गर्ने तयारी गरिरहेका छौं’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

नयाँ कम्पसमा २.० लिटर ४ सिलिण्डर रहेको छ । उक्त इन्जिनले अधिकतम ३५५० आरपीएममा १७३ बीएच पावर र १७५० आरपीएममा ३५० एनएम टर्क प्रदान गर्ने छ ।जीप कम्पासको लम्बाई ४३९५ एमएम, चौडाई १८१८ एमएम र उचाई १६४० एमएम रहेको छ । यसमा २६३६ एमएमको ग्राउण्ड क्लियरेन्स दिइएको छ ।

यस भेरियन्टमा १८ इन्चको अलोय ह्वील, एड्जस्टेवल सिट, ८ इन्चको इन्फोटेन्टमेन सिस्टम, डियूल जोन क्लाइमेट कन्ट्रोल, अटो स्टार्ट÷स्टप, ६ वटा एयरव्याग, अटो हेडल्याम्प, लेदर सिट जस्ता फिचर उपलब्ध रहेका छन् ।

Related Articles

Back to top button
Close