News

रेखाले लगाउने यो सिन्दुर कसको नामको हो ? रहस्य थाहा पाएर पर्नुहुनेछ चकित्

काठमाडौ । एक्लो हुँदाहँदै पनि रेखाले आफ्नो सिउँदोमा कस्को सिन्दुर लगाउँछिन् त ? यो प्रश्नको जवाफ सबैले जान्न चाहिरहेको बेला यतिबेला उनको सिउँदोको सिन्दुरको रा’ज बाहीरिएको छ । सबैलाई थाहा भएकै कुरा हो रेखा र अमिताभ बच्चनको अधुरो प्रेम कहानीको बारेमा । यी दुई एकअर्कादेखि अलग त छन् तर पनि माया भने सधैं एकअर्कालाई नै गरिरहे । यी दुईको प्रेम कहानी आकाशमा चम्किरहने तारा जस्तै तेजीलो छ । यी दुवैले आफ्नो प्रेमलाई अमर राख्नकोलागी आ–आफ्नो तर्फबाट भूमिका सकारात्मक निभाई रहे ।

त्यसैले त आज पनि अमिताभले आफ्नो मनमा रेखालाई नै राखेका छन् भने रेखाले पनि अमिताभको प्रेमलाई आफ्नो सिउँदोमा सजाएकी छन् । अमिताभले जयालाई विवाह गरि सकेपछि रेखासंगको प्रेममा परेर रेखालाई विबाह गरेको भन्ने खबर बाहीरिएसंगै रेखाले आफ्नो सिउँदोमा सिन्दुर सजाउन थालेकी हुन् । एक अन्तरवार्तामा रेखाले आफ्नो सिन्दुरको राजलाई खोलेकी छन् ।

उनले सिन्दुरको विषयमा प्रश्नकर्ताले तपाईँ कसको नामको सिन्दुर लगाई रहनु हुन्छ भन्ने प्रश्नको जवाफमा रेखाले मुस्कुराउँदै भनेकी छन्,‘यो त जो कसैले पनि सजिलै अनुमान लगाउन सक्छ । यो पनि कुनै सोधिन प्रश्न हो र रु’ रेखाको यही जवाफलाई बलिउडका महानायक अमिताभ बच्चनसंग जोडिएको छ । किनकी अमिताभपछि रेखाको जीवनमा अरु कुनै व्यक्तिले प्रवेश पाएन । रेखाको भनाईमा धेरैले प्रतिकृया दिएका छन् ।

रेखाका फ्यानहरुले रेखालाई महान नारीको रुपमा परिभाषित गरेका छन् । उनीहरुले रेखालाई साँचो माया गर्ने एउटा पवित्र हृदयको मान्छेको रुपमा हेरेका छन् । माया होस् त यस्तो होस् भनेर रेखालाई प्रेमको मिसालको रुपमा उभ्याएका छन् । कतिले भनेका छन् साँचो माया गर्नेहरु कहिल्यै पनि एक हुन सक्दैनन् रेखा र अमिताभ पनि तिनै मध्यका एक मायालु जोडि हुन् ।

Related Articles

Back to top button
Close