News

सुनको मूल्य घट्याे, कतिमा हुँदैछ काराेबार ?

सुनकाे मुल्य पछिल्लाे समय निकै बढेकाे थियाे तर आज सुनको मूल्य भने घटेको छ। आज प्रतितोला ८ सय रुपैयाँले घटेर सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो छापावाल सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।आज तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कोरोबार भइरहेको छ । हिजो तेजावी सुन प्रतितोला ९४ हजार ४ रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि घटेको छ।

आज चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला १२ सय रुपैयाँमा कोरोबार भएको थियो।

Related Articles

Back to top button
Close