Video

शिशिर भण्डारी म रेको दृश्यले सबैलाई रुवायो, हेर्नुहोस भिडियो

काठमाडौँ – गायक दिनेश गौतमको नयाँ गीत सार्वजनिक भएको छ । पुरुषोत्तम बस्नेतको शब्द, दिनेश गौतम स्वयंको संगीत र उदयराज पौडेलको एरेन्ज रहेको ‘म मरिसके पछि’ बोलको गीतमा शिक्षक र विद्यार्थीबिचको प्रेम सम्बन्धलाई देखाइएको छ ।

‘माया गर्नुको के अर्थ आँशु झरिसके पछि, जे जे गर्नुछ गरे हुन्छ म मरिसके पछि’ जस्तो शब्दहरु समेटेको यस गीतलाई विधान कार्कीले निर्देशन गरेका हुन् भने उक्त गीतको भिडियोमा आयुष रिजाल, शिशिर भण्डारी, शिलाष्मा हमाल र दिपेन्द्र कार्कीको अभिनय रहेको छ ।

त्यस्तै, यस भिडियोलाई गम्भीर बिष्टले कोरियोग्राफी गरेका छन् भने छायांकन उत्सव दाहालको र सम्पादन विकाश दाहालले गरेका हुन् ।नेपाली साहित्यमा पुस्तक नामक प्रसादले चिनिएका उनी राम्रो लेखक र गजलकार पनि हुन् । नेपाली चलचित्र र आधुनिक विधाका दुई सय भन्दा बढि गीत गाएका उनका ११ वटा एल्बम सार्वजनिक गरेका छन् ।

त्यस्तै, दिनेशको संगीतमा भारतीय गायक शान र राज हसन समेतले गीत गाएका छन् । भिडियो हेर्नुस-

Related Articles

Back to top button