News

एउटै कोठामा २२ नेपाली: ‘शौचालयको पानी खाएर बाँचेका छौं, रबिलाई भन्दा पनि सुनुवाई भएन’

काठमाडौं। साउदीको एउटै कोठामा रहेका २२ जना नेपालीले आफुहरुलाई उद्यार गर्न भिडियो मार्फत आग्रह गरेका छन् । पाँच महिना देखि एउटा कोठामा बसेका उनीहरु एक छाक खाएर बसेको बताएका छन् । आफुहरुले काम गरेको कम्पनीले वेवास्ता गरेपछि एउटै कोठामा बसेका उनीहरु कोरोना पछिको लकडाउनपछि थप समस्यामा परेका छन् । उनीहरुले मोवाइलमा खिचेको भिडियो सार्वजनिक गरेर उनीहरुले आफुहरुलाई तत्काल आफुहरुलाई उद्यार गर्न आग्रह गरेका हुन्।

विदेशमा रहेका थुप्रै ब्यक्तिको उद्यार गरेका अर्का पत्रकार रवि लामिछानेलाई पनि यसवारेमा जानकारी गराउँदा पनि वेवास्ता गरिएको भन्दै उनीहरु निरासामा परेका छन् । उनीहरु एउटा कोठामा बस्न पनि नमिल्ने अवस्थामा कसरी यतिका समय बिताए होलान् कल्पना पनि गर्न सकिदैन । साउदी अरवको रियादमा रहेका उनीहरुले आफुहरु बसेको कोठावाट आफुहरुको विजोग अवस्थाको भिडियो सार्वजनिक गरेका हुन्।

डिसेम्बर देखि आफुहरु बेखर्ची भएको र एउटै कोठामा बसेको बताएका छन् । उनीहरुले आफुहरुलाई कप्पनीले अलपत्र पारेको बताएका छन्। काम गरेको कम्पनीले तलब पनि दिएको छैन । जुन मेनपावरले पठाएको हो त्यो मेनपावरले भोली भोली भन्दा भन्दा महिनौं बितेको बताएका छन् । सरकारलाई बारम्बार आग्रह गर्दा पनि कसैले सुनुवाई नगरेको बताए । कोठामा रहेका एक ब्यक्तिले भने, हिँजो बिहान एक गास ल्याएर दिएको हो, त्यसपछि कोही आएको छैन । २४ घण्टा भन्दा बढी भयो हामी भोकै छौं । एउटै कोठामा अहिले २२ जना बसेका छौं।

दुई दिनमा एक छाक खान दिने गरेको र पीउने पानी पनि नहुँदा शौचालयको पानी मात्र खाएर बस्नु परेको बताए । यज्ञप्रसाद हुमागाई (सर्लाही) ले भने, म डिसेम्बरको ९ तारिखमा आएको हुँ, मेनपावरले भने अनुसारको काम पनि पाइएन जुनमा काम गरेको हो त्यसले तलब पनि दिएन। उनीहरुले दुतावासमा पनि खबर गर्दा साउदीको नियम अनुसार ३ महिना यसैगरी बस्नुपर्छ भनेर आफुहरुलाई भनेको बताए।

Related Articles

Back to top button
Close