Health

एकै घरमा ३ जनामा कोरोना संक्रमित

शनिबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको ३२ जना कोरोना संक्रमितको सूचीमा चितवनका एक जना व्यक्ति पनि छन् ।५२ वर्षिय उक्त व्यक्ति कोरोना संक्रमित चितवनका वृद्ध दम्पतीका छोरा भएको पुष्टि भएको छ बिहीबार चितवन भरतपुर महानगरपालिका-६ गीतानगर केशरवागका ७४ वर्षका पुरुष र ७३ वर्षकी महिलामा कोरोना संक्रमण देखिएको थियो ।

शुक्रबार भरतपुर कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुका ५२ वर्षका छोरामा पनि कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।उनै छोराले बुवालाई क्यान्सरको उपचार गराउन भारत लगेका थिए ।

उनमा बिहीबार गरिएको परीक्षणमा कोरोना नदेखिएको अस्पतालले जनाएको छ । शंका लागेर पुनः परीक्षण गर्दा कोरोना संक्रमण देखिएको पाइएको छ । उनको अवस्था सामान्य छ । उनी भरतपुर कोरोना अस्पतालमा छन् ।

Related Articles

Back to top button
Close