News

नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना

काठमाडौ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई पनि कोरोना पुष्टि भएको छ। सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना पोजिटिभ देखिएको चौधरीले जानकारी दिएका हुन्।

कोरोना पोजेटिभ देखिए पनि कोरोनाको कुनै लक्षण भने नदेखिएको उनले जनाएका छन् । स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमा बसेको बुझिएको छ । स्वास्थ्य सामान्य छ, चिकित्सकको सल्लाहबमोजिम अहिले घरमै आइसोलेनमामा बसेको छु उनले जानकारी दिँदै भनेका छन्।पाँच दिनयता आफूसँग सम्पर्कमा रहेकालाई सतर्कता अपनाउन पनि अध्यक्ष चौधरीले आग्रह गरेका छन्।

Related Articles

Back to top button
Close