News

क्वारेन्टिनमा बसेका स्याङ्जाका युवकको मृ त्यु

बुटवल- भारतको नौतनवास्थित क्वारेन्टिनमा बसेका एक नेपालीको निधन भएको छ। रोजगारीका लागि भारत गएका स्याङ्जा हरिनास गाउँपालिका २ चिसापानीका ३२ वर्षीय पुरुषको शनिबार निधन भएको भारत नौतनवाका एसडीएम जसधिर सिंहले बताए।

हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले आफूहरुले पनि क्वारेन्टिनमा बसेका चिसापानीका एकजनाको निधन भएको जानकारी पाएको बताए। उनले थप जानकारी लिने प्रयासमा रहेको बताए। ती युवक जेठ ५ गतेदेखि नौतनवास्थित राजीव गान्धी पीजी कलेजको क्वारेन्टिननमा बसेका थिए।

उनको स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित अस्पतालमा उपचार गरेर क्वारेन्टिनमा ल्याएपछि निधन भएको बताइएको छ। हिँडेरै स्याङ्जा जाने प्रयासमा भारत अलिगढबाट रुपन्देहीको नाका बेलहिया आएका उनलाई नेपाल प्रवेश नदिएपछि नौतनवाको क्वारेन्टिनमा राखिएको थियो। क्वारेन्टिनमा रहेका उनको खुट्टा र अ न्ड कोष सुन्निएको भारतीय अधिकारीहरुले बताएका छन्। नौतनवाको सो क्वारेन्टाइनमा १ सय ३९ जना नेपाली छन्।

कोरोना भाइरसलाई जितेर नारायणी अस्पताल बीरगञ्जबाट ९ जना भए डिस्चार्ज
वीरगञ्ज, १० जेठ । नारायणी अस्पतालमा उपचारार्थ कोरोना संक्रमित मध्ये ९ जना निको भएर शनिबार डिस्चार्ज भएका छन् ।प्रदेश २ का विभिन्न जिल्लामा कोरोना संक्रमण पुष्टि भई नारायणी अस्पतालमा उपचार गराई रहेका पर्सा र रौतहटका तीन तीन जना, बाराका २ जना तथा एक जना भारतीय नागरिक डिस्चार्ज भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा।

मदन कुमार उपाध्यायले जानकारी दिनु भयो । उनीहरुको रिपोर्ट २ पटक नेगेटिभ आएपछि डिस्चार्ज गरिएको डा। उपाध्यायको भनाइ छ ।शनिबार डिस्चार्ज भएका रौतहटका तीन जना मध्ये एक जना वैशाख १६ गते नै कोरोना निको भई डिस्चार्ज भएर घर फर्किसकेकोमा त्यहाँ गरिएको पुनः परीक्षणमा रिपोर्ट शंकास्पद देखिएपछि उपचारको लागि नारायणी अस्पतालमा ल्याइएको थियो ।

यसरी नै डिस्चार्ज भएका भारतका एक व्यक्ति वीरगन्जमा पहिलो पटक भेटिएका ३ जना जमातीमध्येका एक हुन् । उनलाई पनि वैशाख १६ गते नै कोरोना निको भएर डिस्चार्ज गरिएको थियो तर पुनः परीक्षणमा रिपोर्ट शंकास्पद देखिएपछि उपचारको लागि नारायणी अस्पतालमा ल्याइएको थियो ।

मेसु डा उपाध्यायका अनुसार डिस्चार्ज हुनेहरुमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. २,३, १६ का क्रमश ३०, ५०, ५१ बर्षका पुरुष, बाराको सिम्रौनगढ ४ का ३१ बर्षीय पुरुष, जितपुर सिमरा १ का ४३ बर्षीय पुरुष, रौतहट गुजरा नगरपालिका ५ का ३५ बर्र्षीय पुरुष, इशनाथ नगरपालिकाका १९ बर्षीय पुरुष, बृन्दावन नगरपालिकाका २४ बर्षीय पुरुष र एक ४२ बर्षीय भारतीय पुरुष रहेका छन् ।

Related Articles

Back to top button
Close