News

एसपी संग बदला लिन जिल्ला प्रहरी कार्यालयकै खानेपानी बन्द, प्रहरी मेसमा खैलाबैला

सुर्खेत, ११ जेठ । सुर्खेतमा लकडाउनको उल्लंघन गरेको भन्दै खानेपानीका कर्मचारीको मोटरसाइकल नियन्त्रणमा लिने प्रहरी प्रमुख एसपीले माफी मागेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरिक्षक डिल्लीराज पन्तले खानेपानीका प्लम्बरसंग माफी मागेका हुन् । उनले प्लम्बरहरुले प्रयोग गरेको २ वटा मोटरसाइकल नियन्त्रणमा लिएपछि अत्यावश्यक काम ठप्प भएको भन्दै स्थानियवाट विरोध सुरु भएको थियो ।

खानेपानीका कर्मचारीले प्रयोग गरेको भे ५ प ७७८१ नम्बरको मोटरसाइल र त्यसपछि पनि अर्को मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको थियो । खानेपानीकै सेवामा खटिएको मोटरसाइकल पक्राउ परे पछि एक महिनापछि नियमानुसार जरिवाना तिरेर छाडिएको थियो । दैनिक अत्यावश्यक सेवा खानेपानी सेवा सुचारु गर्ने, भल्ब खोल्ने, बन्द गर्न दैनिक प्रयोग हुने मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएपछि खानेपानीका कर्मचारीमा हल्लाखल्ला भएको थियो ।

सुर्खेत उपत्यका खानेपानी संस्थाका सुपरिवेक्षण तथा अनुगमन शाखाका मुखिया हेमन्त कँडेलले प्रयोग गरेको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको थियो । अत्यावश्यक कामका लागि प्रयोग गरिएको मोटरसाइकल निण्न्त्रणमा लिइए पछि जिल्ला प्रहरी कार्यालय, बजार, कान्लिनचोक, आवास क्षेत्रको खानेपानी लाईन खोल्ने, बन्द गर्ने दैनिक ड्यूटि गर्दै आएका कार्यालय सहयोगी तथा प्लम्बर डम्मर गौलीले प्रहरीले प्रयोग गर्दै आएको भल्ब बन्द गरिदिए पछि प्रहरी प्लम्बरसंग झुक्न बाध्य भएको हो ।

पानी खान नपाएर प्रहरी कार्यालयको मेसमै हल्लीखल्ली भएपछि सोधी खोजी हुँदै जाँदा खानेपानीको दैनिक काम, कारवाहीमा प्रयोग भएका मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिँदै, जरिवाना तिराउन थालेपछि कार्यालय सहयोगी, प्लम्बर गौलीले प्रहरीलाई पनि सबक सिकाउन नयाँ जुक्ति निकालेको पत्ता लागेको थियो ।

खानेपानीका कार्यालय सहयोगी तथा लम्बर गौलीले नै प्रहरी कार्यालयतर्फ जाने भल्ब बन्द गरिदिएको खुलेपछि प्रहरी कार्यालय प्रमुख पन्तले बोलाएर माफि माग्दै खानेपानी सुचारु गरिदिन आग्रह गरेका हुन् । षणामा समन्वयकारी भूमिका निर्वाह नगरेको भन्दै विभिन्न क्षेत्रबाट प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीको आलोचना हुँदै आएको छ ।

Related Articles

Back to top button
Close