भारतमा रहेकी मनिषा कोइराला बुवा – आमासँगै नेपाल आउने तयारीमा
काठमाडौं । चर्चित नायिका मनिषा कोइरालाको चर्चा यतिबेला थप चुलीएको छ। आफ्नो जन्मभूमिको सर्मथनमा मनिषाले दिएको निडर र जायज अभिब्यक्तिका कारण उनी थप लोकप्रिय बनिरहेका बेला मुम्बइमा रहेकी उनी नेपाल आउने तयारीमा रहेकी छिन् ।
निषाले नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेट्ने नक्सा जारी गर्नेबारे मन्त्रिपरिषदले गरेको निर्णयबारे परराष्टमन्त्री प्रदीप ज्ञवालीले खुशी व्यक्त गरेर गरेको ट्विटलाई रिट्वट गर्दै गरेको टिप्पणीका कारण उनी भारतीय मिडियाको तारो बनेपछि पनि कत्ति नडगमगाएकी उनी बुवा प्रकाश कोइराला र आमा सुष्मा कोइरालासँगै स्वदेश फर्किन लागेकी हुन् ।
मनिषाले लिपुलेक, लिम्पियाधुरा र कालापानी समावेश गरेर नक्सा प्रकाशन गर्ने सरकारको निर्णयको स्वागत गदै सानो देशको स्वाभिमान राखेको प्रतिक्रिया दिएका थिईन् । उनले यो विषयमा नेपाल, भारत र चीनबीच शान्पिूर्ण र सम्मानपूर्वक सम्वाद गर्नुपर्ने पनि स्पष्ट पारेकी थिईन् । मनिषाको ट्विट भारतीय मिडियाका लागि असह्य भयो ।
उनीहरुले उनलाई भारतको खाएर चीनको गाएको पनि आरोप लगाए । मनिषामाथि भारतीय मिडियाले तुच्छ टिप्पणी गरेपछि काठमाडौं र पूरा विश्वभरि छरिएर रहेका नेपालीहरु मनिषाको पक्षमा उभिएर भारतलाई चाहिनेजती जवाफ दिइरहेका छन् ।दैनिकनेपालन्युज बाट साभार