News

विवाह गरिदिने आमाबुवाको सपना अधुरै बनाएर अस्ताए प्रहरी इन्सपेक्टर बुढाथोकी, पुरै गाउँ शोकमा डुब्यो

काठमाडौ । घरको जेठो छोरा । बुवाआमाको बुहारी ल्याउने ठूलो सपना थियो । विवाहको तयारी समेत सुरु भएको थियो । तर सबै सपना भताभुंग भयो । कोरोनाका कारण सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) नवीन बुढाथोकी निधन भएसंग उनको परिवारको सबै सपना पनि अन्त्येष्टि भयो । आमा छोरा गुमाएको बज्रपात सहन नसकेर अर्ध मुर्छित अवस्थामा छन् ।

तेह्रथुमको म्याङलुङ नगरपालिका–१ का स्थानिय बासीन्दा बुढाथोकीको घरमा आमा बाबु र भाइ बहिनी छन् । ३३ वर्षिय अविवाहित बुढाथोकीलाई उनका काकाले अन्त्यष्टि गरे । २०६८ सालमा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका बुढाथोकीले संखुवासभा लगायत पूर्वका विभिन्न ठाउँमा कार्यरत थिए।

परिवारको मात्र होइन सारा गाउँको नै आशा रहेका बुढाथोकीको निधनले गाउँनै शोकमा डुबेको छ । बहिनीको समेत विवाह भइसकेका कारण घरमा सानो भाइ र आमा बुबा मात्रै छन् । तेह्रथुम घर भएपनि मोरङको टंकीसिनवरीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक ३३ बर्षीय नविन बुढाथोकीको उपचारको क्रममा निधन भएको हो ।भिडियो हेर्न तल क्लिक गर्नुहोस्

उनको सोमवार राती करिब ११ बजेर तिर मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । ब्याड मिन्टन खेल्दा खेल्दै स्वास प्रश्वासमा समस्या भएपछि उनलाई कार्तिक २६ गते अस्पताल भर्ना गरिएको थियो । २७ गते बुढाथोकीलाई कोरोना पुष्टि भएको थियो ।

Related Articles

Back to top button
Close