News

अष्ट्रेलियामा डा. किरणले विश्वकै ठूलो ध्यान ताने : ७१३ रोपनीको फूलबारी, २० होटल, अर्बौ कमाई !

काठमाडौ । अष्ट्रेलियाको तास्मानियामा एक नेपालीले विश्वकै ठूलो मखमली फूलको खेती शुरु गरेका छन् । खेतवारीका लागि जग्गा किन्ने काम सकिएर डिजाईन, खनजोत समेत सकाएर बिउ छर्ने काम भइसकेको छ । उनी टिकटकमा समेत खुबै छाएका छन् ।

उनी त्यहाँको सर्वाधिक चर्चित व्यपारी हुन् । तास्मानियाको होबाटबाट ३५ किलोमिटर टाढा रहेको ओरियल र्टनमा ७१३ रोपनी अर्थात ९० एक्कड जमिनमा मखमली फूलको बगैचा बनाउँन लागिएको हो । जसमध्ये २४० रोपनीमा यो बर्ष मखमली फूलको बगैचा बानाइदैछ । आगामी २ बर्षभित्र ६ सय रोपनीमा मखमली फूल ढकमक्क गराउँने तयारी छ ।

मखमली खेतीका लागि नेपालबाट बीउ झिकाइएको छ । तिहारमा मालाको रुपमा प्रयोग भइसकेका मालाहरु नै बीउको रुपमा प्रयोग भइरहेको छ । बगैचा आगामी डिसेम्बरमा नै सञ्चालनमा आउँनेछ । यो मखमली बगैचा बनाउँने युवा हुन् । नेपालको नूवाकोट स्थायी घर भएका डाक्टर किरण थापा ।

सिड्नीमा रहेर मोर्गेट क्षेत्रको व्यवसायमा अत्यन्तै सफल व्यवसायी बनेका थापा अष्ट्रेलियामा फाइनान्स विषयमा पिएचडी उपाधी प्राप्त व्यक्तित्व हुन् । तीन बर्ष अघिको आफ्नो सपनालाई साकार गराउँन थापा अहिले अष्ट्रेलियाको तास्मानियामा नै रहेर खेतीमा रमाइरहेका छन् ।

अष्ट्रेलियामा डेढ दशक विताईसकेकाहरुले डा. किरण थापालाई प्रकृती प्रेमी भनेर चिन्छन् । फुर्सद मिल्यो कि परिवार लिएर लुसुक्क घुम्न निस्किहाल्छन् । डाक्टर किरण भन्छन् त्यही घुमन्ते बानीले जुराईदिएको हो पर्पल लभ अर्थात बैजनी माया । खास भएको के हो भने केही बर्षदेखि किरण केही नयाँ गर्ने सोचिरहेका थिए । तर भनेजस्तो योजना मस्तिष्कमा आएको थिएन । यस्तैमा क्यान्बेरा र केही अरु स्थानका फूल फेष्टीभहरुमा घुमेपछि उनले प्रकृती जोडिएको व्यवसाय नै गर्ने निधो गरे ।

मखमली प्रेमी उनलाई यही व्यवसाय गर्न भने तिहारमा नेपालदेखि लाखौको फूल भित्रिएको देखेपछि यो यही उत्पादन गर्दा कसो हुन्छ भन्ने मनमा लागेको थियो । तिहारमा ल्याएको मखमलीको फूलको माला लगाएर केटाकेटीहरु खेल्ने क्रममा झरेको बीउ उम्रिएर राम्रो बिरुवा र राम्रो फूल फूलेको देखेपछि उनलाई यो व्यवसाय सम्भव छ भन्ने परीक्षण पास भएको अनुभव हुन्छ ।

आफ्नै घर पछाडी त्यत्तिकै फ्यालेको फूल उम्रिएको देखेपछि त्यत्तिकै त यति राम्रो छ भने व्यवसायीक खेती गर्दा किन नराम्रो होस् भन्ने किरणलाई लाग्छ । त्यसपछि उनले २ बर्षसम्म यही फूलको बारेमा अध्ययन अनुशन्धान गरे । यसको व्यपार कहाँसम्म गर्न सकिन्छ भन्ने अनुशन्धान गरे । उनले यो फूल त्यही अष्ट्रेलिया र छिमेकी देशमा नै खपत हुने उनले देखे । यसैले गोलाकार अत्यन्तै आकर्षक बगैचाको डिजाई बनाए । थापाले यस बगैचाको नाम पर्पल लभ अर्थात बैजनी माया राखेका छन् ।

यो बगैचा फूलका लागि मात्र हैन व्यवसायीक घुमघामको उत्कृष्ट गन्तव्य समेत बनाउँने किरणको योजना छ । यसको ब्राण्ड नाम भने ओ पर्पल राखिने भएकाले योसको साइजपनि ओ आकारमा बनाइदैछ । किरणका अनुसार पर्पल लभ फूलबारी भित्र डोम आकारका २० ओटा होटलहरु रहनेछन् ।

त्यस्तै क्याफे, साइकल सवारी, बालबालिका, प्रेमी–प्रेमीका खेल्ने उद्यानले यसको अत्यन्तै महत्व बढाउनेछ । ओ पर्पल ब्राण्डका फेशनेवल कपडाहरु समेत उत्पादन गर्ने किरणको लक्ष्य छ । पर्पल लभमा बार्षिक एक लाख पर्यटक भित्र्याउँने किरणको लक्ष्य छ । बार्षिक नेपाली अर्ब भन्दा बढी आम्दानी गर्ने किरणको प्रक्षपण छ ।

अष्ट्रेलियाको होबाटमा बार्षिक १३ लाख भन्दा बढी पर्यटक आउँने गरेको तथ्याङ्क किरणले देखेपछि उनी लोभिएका थिए । यसैले १ लाख पर्यटक सजिलै आउँने उनको दावी छ । यो विश्वको आकर्षक स्थल बन्नेमा छ म विश्वस्त छु किरण भन्छन् ।

Related Articles

Back to top button
Close